Breaking News 1

एसइई नतिजा एक साताभित्र सार्वजनिक हुने

एसइई नतिजा एक साताभित्र सार्वजनिक हुने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
असार १२, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएको छ। उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य सकिएको छ भने हाल प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने कार्य तीव्र गतिमा भइरहेको छ। गत वर्ष चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।...
सात सयभन्दा बढि पालिकाले गरे बजेट सार्वजनिक

सात सयभन्दा बढि पालिकाले गरे बजेट सार्वजनिक

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
११ असार, देशभरका सात सय ५३ मध्ये सात सय एक पालिकाले आउदो आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् भने ५२ वटा पालिकाले अहिले सम्म सार्वजनिक गर्न सकेका छैनन् । बजेट पेश नगर्नेमा सबैभन्दा धेरै मधेश प्रदेशका छन् । पालिका सरकारले असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने र असार मसान्तभित्र आ-आफ्नो सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ । अहिलेसम्म बजेट पेश गर्न नसकेका पालिकामा मुख्य कारण आन्तरिक विवाद रहेको छ ।...
सिलाइ कटाई तालिम सम्पन्न

सिलाइ कटाई तालिम सम्पन्न

Breaking News 1, लुम्बिनी, समाचार
असार ११, जयराम सापकोटा । गरिवी निवारणका लागी लघुउद्यम विकाश कार्यक्रम (मेडपा) नेपाल सरकार उध्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोग र तानसेन नगरपालिकाको आयोजनामा तानपा १ मा ६० दिने आधारभुत सिलाइ कटाई सिप विकाश तालिमको समापन तथा प्रविधि हस्त्रान्त्रण कार्यक्रम सम्पन्न भएको छ । २०८१ चैत्र २८ गते देखि २०८२ जेष्ठ २८ गते सम्म चलेको सिलाई कटाई तालिमको समापन कार्यक्रमा वोल्दै तालिमकी प्रशिक्षक कमला श्रेष्ठले यस वडा नम्वर १ ले आफुलाई २ महिने सिलाई कटाई तालिमका लागी अवसर दिनु भएको वडा कार्यालयलाई धन्यवाद दिदै यो तालिमवाट सिलाई कटाई सिक्न चाहने दिदीवहिनीहरुले छोटो समयमै पनि भरपुर ज्ञान लिनु भएको र आफु पनि यसवाट अझै तिखारिने मौका मिलेको वताउनुभयो । प्रशिक्षार्थीको तर्फवाट तालिममा सहभागी अन्जु विकले यो ६० दिने आफुहरुका लागी निकै महत्वपुर्ण अवसर भएको र यसवाट आफुहरुले टोप...
पहिरोको कारण मोटरबाटो अबरुद्ध

पहिरोको कारण मोटरबाटो अबरुद्ध

Breaking News 1, लुम्बिनी, समाचार
असार ७, गुल्मीको कालीगण्डकी गाउँपालिका २ अर्बेनि स्थित गरगरेमा पहिरोको कारण मोटरबाटो अबरुद्ध भएको छ । गएराती परेको अविरल वर्षका कारण सडक अबरुद्ध भएको हो । जसका कारण यात्रुहरु समस्यामा परेका छन् । बाटो खुलाउने प्रयास भैरहेपनि निरन्तर पहिरो खस्ने क्रम नरोकिदा बाटो खुल्न सकेको छैन ।
बाढीले बस बगायो, यात्रु सकुशल

बाढीले बस बगायो, यात्रु सकुशल

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असार ६, नारायणघाट–बुटवलखण्डको खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासले जानकारी दिएको छ । एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गरिएको छ । बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए । पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न सकिएको छैन । रातभरी परेको पानीका कारण उक्त सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको प्रहरीले जनाएको छ ।...
विधार्थीलाई निःशुल्क चस्मा वितरण

विधार्थीलाई निःशुल्क चस्मा वितरण

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार, स्वास्थ्य
असार ६, पाल्पाको रामपुर नगरपालिकाले नगरभित्र रहेका आवासीय विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क चस्मा वितरण गरेको छ । कालिगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर रामपुरले रामपुर नगरपालिका र सेवा फाउण्डेशनको आर्थिक सहयोगमा निःशुल्क चस्मा वितरण गरेको हो । सामुदायिक विद्यालयका लागि विभिन्न सरकारी बजेट आए पनि संस्थागत विद्यालयका लागि नआउने भएकाले विद्यार्थीहरुको स्वास्थ्य सुविधाका लागि निःशुल्क आँखा जाँच तथा चस्मा वितरण गरिएको नगर प्रमूख रमण बहादुर थापाले बताए । मानिसको सबै भन्दा संवेदनशिल  आँखा भएकाले यसको सुरक्षा र हेरचाहमा ध्यान दिन विद्यार्थीहरुलाई उनले आग्रह समेत गरेका हुन् । कार्यक्रममा रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय र भूपू सैनिक राईजिङ ईङ्गलिस बोर्डिङ स्कुलका १ सय १८ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा वितरण गरिएको हो । कालिगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर सहयोग समितिका...
आजको मौसम

आजको मौसम

Breaking News 1, कोशी प्रदेश, गण्डकी, बागमती, लुम्बिनी, समाचार
असार ४, जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (असार ४, बुधबार) को सम्भावित मौसम तथा वर्षाबारे जानकारी दिएको छ। महाशाखाकाअनुसार, आज कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का वर्षार हिमपातको सम्भावना छ।  ...
सम्मान तथा पुरस्कार अर्पण समारोह सम्पन्न

सम्मान तथा पुरस्कार अर्पण समारोह सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार ३, धातानन्द शर्मा गैरे । तानसेन नगर प्रज्ञा प्रतिष्ठानले एक समारोहको आयोजना गरी वरिष्ठ समाजसेवी, तानसेनकी चर्चित ढाका उद्यमी पूर्णमाया महर्जनलाई दीर्घसेवा सम्मान तथा चर्चित उपन्यास ‘सावर्णि’का लेखक डा.श्रीधर खनाललाई उत्कृष्ट कृति पुरस्कारले सम्मान गरेको छ । दुवै व्यक्तित्त्वलाई माला, पदक, दोसल्ला, उपहार र नगद जनही रु ६८ हजार अर्पण गरी सम्मान गरिएको हो ।समारोहमा डा.शंकरप्रसाद गैरेले सम्मानित व्यक्तित्त्व पूर्णमाया महर्जनको व्यक्तित्त्व र योगदानको परिचय प्रस्तुत गर्दै २०१५ सालमा उहाँको परिवारले स्थापना गरेको ढाका उद्योगले पाल्पाको पहिचानलाई देशविदेश पु¥याउन सहयोग पुगेको, धेरैलाई रोजगारी प्रदान गरेको भन्दै उहाँको विशिष्ठ समाजसेवाबारे चर्चा गर्नुभयो । त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख डा.टंकप्रसाद पंथले अर्का सम्मानित व्यक्तित्त्व डा.श्रीधर खनालको परिचय प्रस्तुत गर्ने क्रममा उहाँ चि...
नेपाल बैंकका अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीको खातामा ७४ लाख घुस

नेपाल बैंकका अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीको खातामा ७४ लाख घुस

Breaking News 1, समाचार
आसार ३, ऋण दिँदा घुस, त्यो पनि बैंक सञ्चालक समितिकै अध्यक्षबाट ! झट्ट सुन्दा विश्वास नलाग्न सक्छ । तर मुलुककै पहिलो र सरकारीमध्येको एक, नेपाल बैंक लिमिटेडमा यस्तै भएको छ । हाल पदमुक्त भइसकेका बैंकका तत्कालीन अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीलाई ऋणीसँग घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा लागेको छ । तीनवटा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले उनीमाथि तीनवटा घटनामा ७४ लाख रुपैयाँ घुस खाएको अभियोग लगाएको छ । तनहुँमा पेट्रोल पम्प चलाउने अकलादेवी ट्रेडर्स भन्ने कम्पनी छ । आफ्नो व्यापार विस्तारका लागि उसले नेपाल बैंक लिमिटेडबाट २५ करोड रुपैयाँ ऋण लिन खोजेको थियो । त्यसको सुइँको पाएपछि नेपाल बैंकका अध्यक्ष चन्द्रबहादुरले ऋणका लागि निवेदन दिने आवेदकहरूलाई भेटेर घुस मागेको अख्तियारको आरोप छ । कुल स्वीकृत ऋणको २ प्रतिशत रकम आफूलाई दिनुपर्ने र २५ करोड ऋण स्वीकृत गर्दा ५० लाख रुपैयाँ आवश्यक प...
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
असार २, नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । निगमका अनुसार, पेट्रोलमा लिटरको एक रुपैयाँले तथा डिजेल र मट्टीतेलमा लिटरको दुई रुपैयाँले भाउ बढेको हो ।    
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज