असार ४,
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (असार ४, बुधबार) को सम्भावित मौसम तथा वर्षाबारे जानकारी दिएको छ।
महाशाखाकाअनुसार,
आज कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का वर्षार हिमपातको सम्भावना छ।