समाचार

कमजोर बन्दै मनसुनी प्रणाली

कमजोर बन्दै मनसुनी प्रणाली

Breaking News 1, कर्णाली, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
भदौ ०५, आज देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
जापानिज इन्सेफ्लाइटिसबाट ११ को मृत्यु, ६३ जनामा सङ्क्रमण

जापानिज इन्सेफ्लाइटिसबाट ११ को मृत्यु, ६३ जनामा सङ्क्रमण

Breaking News 2, समाचार, स्वास्थ्य
भदौ ०४ , जापानिज इन्सेफ्लाइटिस का कारण हालसम्म ११ जनाको ज्यान गएको छ भने ६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान, अर्घाखाँचीमा एक–एक जना र चितवनमा तीन जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा ८ वर्षका एक, १७ वर्षका एक र ४० वर्षमाथिका ९ जना छन्। गतवर्ष २५ जनाको मृत्यु भएको यो रोग मुख्यतः साउनदेखि कात्तिकसम्म देखिने र क्युलेक्स लामखुट्टे मार्फत सर्ने जनाइएको छ। खोप नलगाएकामा जोखिम बढी हुने भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्।...
टप इन्ड टी–२० सिरिजमा नेपाल मेलबर्न सँग भिड्दै

टप इन्ड टी–२० सिरिजमा नेपाल मेलबर्न सँग भिड्दै

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ ०४, अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले आज आफ्नो पाँचौ खेल अस्ट्रेलियाको मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेबाट सुरु हुनेछ । नेपालले हालसम्म सिरिजमा खेलेको चार खेलमध्ये तीन हार र एक जित निकालेको छ । ११ टिममध्ये अंक तालिकाको नवौं स्थानमा रहेको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ । तीन खेल मात्र खेलेको मेलबर्नले एक हार र दुई जित निकाल्दै चार अंक बनाएको छ । अंक तालिकामा मेलबर्न पाँचौ स्थानमा छ ।...
करेन्ट लाग्दा किशोरीको मृत्यु

करेन्ट लाग्दा किशोरीको मृत्यु

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
भदौ ०४, बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा करेन्ट लाग्दा १९ वर्षीया कृष्णकुमारी चन्दको ज्यान गएको छ। घरमा मोबाइल चार्ज गर्ने क्रममा नजिकै रहेको नाङ्गो तार छोएपछि उनलाई करेन्ट लागेको हो। उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 2, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, लुम्बिनी, समाचार, सुदूरपश्चिम
भदौ ०४, मौसम पूर्वानुमान महाशाखाअनुसार आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत पहाडी भेगमा साधारणतया आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाड भू-भागका थोरै स्थान र तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै आज राती कोसी प्रदेश र गण्डकी प्रदेशकाका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। मौसम महाशाखााका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर छ। तथापि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी नै छ।...
नेपाल भित्रियो उड्ने कार

नेपाल भित्रियो उड्ने कार

Breaking News 1, अर्थ, ब्यापार, समाचार
भदौ ३ । मानिसले कल्पना गरे जस्तै विदेशमा उड्ने कार बनेको भन्ने विभिन्न समाचारका बीच अब नेपालमै पनि उड्ने कार आइपुगेको छ । केही दिन अघि नेपाल र चीनको नाकामा उड्ने कार बोकेर मानिसहरु हिँडी रहेको दृष्य भाइरल भएको थियो । त्यसको केही दिनमै उक्त कार काठमाडौं पुगेको छ । मंगलबारबाट काठमाडौंमा शुरु भएको नाडा अटो शो मा उड्ने कार प्रदर्शनमा राखिएको छ । उक्त कार हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका छन् । उक्त शो मा अहिले निकै आकर्षणका रुपमा रहेको उड्ने कार हेर्नेहरुको भिड लागेको छ । दर्शकहरुले हेर्ने र फोटोहरु खिच्ने गरेका छन् । यतिवेला सामाजिक सञ्जालमा पनि उड्ने कार भाइरल भइरहेको छ ।...
भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

Breaking News 2, कर्णाली, समाचार
भदौ ०३, भोलि भदौ ४ गते बुधबार सार्वजनिक विदा हुने भएको छ । प्रदेश स्थापना दिवसको अवशरमा बुधबार सार्वजनिक विदा हुने भएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार एक सूचना गरी गर्दै प्रदेशभर सार्वजनिक विदा दिएको हो । २०८१ साल चैत १७ मा प्रदेश मन्त्रिपरिषदबाट निर्णय भएको भन्दै मन्त्रालयले कर्णाली प्रदेश स्थापनाको अवसरमा कर्णाली प्रदेशभर सार्वजनिक विदा भएको जानकारी गराएको हो । कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिइने भनी सूचनामा उल्लेख छ । भदौ ४ गते बुधबारलाई प्रदेशले सहिद दिवस पनि भनेको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सूचना...
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

Breaking News 1, ट्रेन्डिङ, लुम्बिनी, समाचार
साउन ३१, आज भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमी पर्व। सनातन धर्मावलम्बीले आज भगवान् कृष्णको जन्मदिन मनाउँदैछन्। पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी नक्षत्रमा भगवान् विष्णुका आठौँ अवतारका रूपमा कृष्णको जन्म भएको हो। लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने क्रमअनुरूप कंसलगायत दानवको अन्त्यका लागि विष्णुले कृष्णको रूप लिएको बताइन्छ। कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धमा अर्जुनलाई दिएको गीताज्ञान प्रसिद्ध छ। आफूले गरेको कर्मअनुसार नै फल प्राप्त हुन्छ। गरिसकेको कामबारे आशक्ति राखी चिन्तित नहुनु भन्ने गीताको सन्देश छ।​ कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको श्रीमद्भागवतलगायत पुराणमा उल्ल...
आजको मौसम

आजको मौसम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
सााउन ३१, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुनको अवस्था कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पहाडी भूभागमा साधरणतया रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। सबै प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।...
आज पनि देशका धेरै स्थानमा वर्षा हुने

आज पनि देशका धेरै स्थानमा वर्षा हुने

Breaking News 1, लुम्बिनी, समाचार
साउन २९, देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। पछिल्लो ६ घण्टामा डोटी, बाजुरा, अछाम र भोजपुरमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना छ। हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम तराई आसपास र पूर्व तराइभन्दा केही दक्षिणतिर रहेकाले मनसुन नेपालको पूर्वी क्षेत्रमा भन्दा पश्चिमतर्फ बढी सक्रिय रहने देखिएको मौसमविद्ले बताएका छन्।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज