भदौ ०३,
भोलि भदौ ४ गते बुधबार सार्वजनिक विदा हुने भएको छ । प्रदेश स्थापना दिवसको अवशरमा बुधबार सार्वजनिक विदा हुने भएको छ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार एक सूचना गरी गर्दै प्रदेशभर सार्वजनिक विदा दिएको हो । २०८१ साल चैत १७ मा प्रदेश मन्त्रिपरिषदबाट निर्णय भएको भन्दै मन्त्रालयले कर्णाली प्रदेश स्थापनाको अवसरमा कर्णाली प्रदेशभर सार्वजनिक विदा भएको जानकारी गराएको हो । कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिइने भनी सूचनामा उल्लेख छ । भदौ ४ गते बुधबारलाई प्रदेशले सहिद दिवस पनि भनेको छ ।
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सूचना