भदौ ०५,
आज देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना रहेको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।