सुनको मूल्य आज स्थीर छ । हिजो जस्तै तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँ मा कारोबार भैरहेको छ । आइतबार, सोमबार र मंगलबार सुनको भाउ बढेको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा एक सय ३० रुपैयाँले बढेको छ । भाउ बढेर चाँदी आज तोलाको ५ हजार ७ सय १५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
१३ फाल्गुन २०८२, बुधबार१३ फाल्गुन २०८२, बुधबार१३ फाल्गुन २०८२, बुधबार by Bihani PostNo Comments
“गाउँमा सबैले उहाँलाई प्रेम सरको नामले चिन्छन् । लामो समयसम्म विद्यालयको प्रधानाध्यापकका रूपमा सेवा गर्नुभएकोले मस्याम क्षेत्रमा उहाँको छुट्टै पहिचान बनेको छ । सामान्य कृषक परिवारमा जन्मनुभएका प्रेमबहादुर राना २०८१ सालमा शिक्षण पेशाबाट अवकाश लिएपछि आफ्ना छोरीहरूलाई भेट्न अमेरिका जानुभएको थियो । केही समय अमेरिका बसाइपछि हालै स्वदेश फर्किनुभएका राना २०५१ सालदेखि नै शिक्षण पेशासँगै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको थियो ।
२०६१ सालमा स्थायी शिक्षक बनेपछि उहाँले आफ्नो जिम्मेवारीलाई थप गम्भीरतापूर्वक निर्वाह गर्नुभयो । त्यसपछि २०६४ सालदेखि २०८१ सालसम्म लक्ष्मी आधारभूत विद्यालय, तिनाउँ–६ चिदिसमा प्रधानाध्यापकको रूपमा कार्यरत रहँदै विद्यालयको समग्र विकासमा महत्वपूर्ण योगदान दिनुभयो । उहाँको नेतृत्वमा विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र व्यवस्थापन सुधारमा उल्लेखनीय प...
१२ फाल्गुन २०८२, मंगलवार१२ फाल्गुन २०८२, मंगलवार१२ फाल्गुन २०८२, मंगलवार by Bihani PostNo Comments
निराजन पौडेल
फागुन १२ पाल्पा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को घरदैलो अभियान हिजो रिब्दीकोट गाउँपालिका का विभिन्न वडामा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । अभियान अन्तर्गत भैरवस्थान, खस्यौली क्षेत्रमा डा. माधव थापा तथा कार्यकर्ताहरूले बस्ती, बस्तीमा पुगेर स्थानीय नागरिकसँग भेटघाट तथा छलफल गरेका थिए ।
कार्यक्रमकामा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । नागरिकहरूको उत्साह र सक्रिय सहभागिताले माहोल थप उत्साहजनक बनेको थियो ।
रास्वापा जिल्ला सभापति विष्णु भण्डारीका अनुसार अधिकांश नागरिकले विगतका राजनीतिक दलप्रति असन्तुष्टि व्यक्त गरेको, आशा गरेअनुसार विकास निर्माण नभएको गुनासो पोखेका थिए । विशेषगरी युवा पुस्ताले रोजगारीको अभाव, वैदेशिक रोजगारीतर्फ बढ्दो निर्भरता तथा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या उठाएका थिए । अब विकल्पको खोजीमा रहेको र नयाँ शक्तिलाई समर्थन गर्न इच्छ...
११ फाल्गुन २०८२, सोमबार११ फाल्गुन २०८२, सोमबार११ फाल्गुन २०८२, सोमबार by Bihani PostNo Comments
फागुन ११,
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको बताएका छन् ।
एक कार्यक्रममा उनले नेसनल भोलेण्टियर फोर्स चुनावका लागि मात्र नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताए । आन्दोलनका नाममा विगतझैँ देशमा अशान्ति फैलाउन र प्रहरीका हतियार खोस्न अब कसैले नसक्ने उनले दावी गरे । उक्त फोर्स राष्ट्र प्रति समर्पित भई प्रहरी प्रशासनलाई सहयोग गर्ने बताए ।
ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्ने कुरामा जोडदिएका हुन् ।...
११ फाल्गुन २०८२, सोमबार११ फाल्गुन २०८२, सोमबार११ फाल्गुन २०८२, सोमबार by Bihani PostNo Comments
निराजन पौडेल
फागुन ११, पाल्पा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.माधव थापाले घरदैलो अभियान तीव्र बनाउनु भएको छ ।
पालुङ्ग मैनादी, भैरवस्थान र पूर्वखोला दरपुक क्षेत्रमा हिजो सम्पन्न घरदैलो कार्यक्रममा उहाँले मतदातासँग भेटघाट गर्दै आफ्ना योजना तथा एजेन्डाबारे जानकारी गराउनु भएको हो ।
कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले सडक सुधार, खानेपानीको सहज उपलब्धता र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने माग राखेका थिए । सो अवसरमा डा.थापाले यी सबै विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
घरदैलो कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।
यसैबीच, आज भैरवस्थान र खस्यौली क्षेत्रमा घरदैलो कार्यक्रम हुने पार्टी कार्यालयले जनाएको छ ।...
११ फाल्गुन २०८२, सोमबार११ फाल्गुन २०८२, सोमबार११ फाल्गुन २०८२, सोमबार by Bihani PostNo Comments
फागुन ११,
पोखराबाट काठमाडौं जादै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।
आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।
दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको र घाइते २४ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
...
१० फाल्गुन २०८२, आईतवार१० फाल्गुन २०८२, आईतवार१० फाल्गुन २०८२, आईतवार by Bihani PostNo Comments
निराजन पौडेल
फागुन १०, पाल्पा ।
पश्चिम पाल्पाको पहाडी भेगबाट सुरु भएको एउटा साधारण यात्रा आज हजारौँ मानिसको जीवनसँग जोडिएको नाम हो , डा माधव थापा । करिब दुई दशकदेखि निरन्तर होमियोप्याथिक चिकित्सकका रूपमा सेवा दिँदै आएका थापा केवल रोग निको पार्ने चिकित्सक मात्र होइनन् , हजारौँ बिरामीका लागि आशा , भरोसा र आत्मविश्वासका एक प्रतीक बनेका छन् । सीमित स्रोत , न्यून सुविधा र थुप्रै चुनौतीका बीच सुरु भएको उनको यात्राले आज समाजमा छुट्टै पहिचान स्थापित गरेको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिका वडा न ७ बतासे मा जन्मिएका थापाले प्राथमिक शिक्षा आफ्नै गाउँबाट पूरा गरे । सानैदेखि समाजप्रति संवेदनशील स्वभाव भएका उनले स्वास्थ्य क्षेत्र रोज्दै होमियोप्याथिक चिकित्सा अध्ययन गरे । त्यसपछि उनले ॐ कालिका होमियोप्याथिक अस्पताल प्रालि स्थापना गरी सेवा सुरु गरे । सुरुवाती दिनहरूमा विभिन्न समस्या र आर्थिक चुनौती...
९ फाल्गुन २०८२, शनिबार९ फाल्गुन २०८२, शनिबार९ फाल्गुन २०८२, शनिबार by Bihani PostNo Comments
निराजन पौडेल
फागुन ९, पाल्पा ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. माधव थापाले आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएको छ ।
पाल्पाका विभिन्न गाउँ-गाउँ , टोल-टोलमा पुगेर उहाँले स्थानीय बासिन्दाका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्नुभएको छ । भेटघाट तथा छलफल कार्यक्रममा जनताले रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका विषयमा आफ्ना धारणा राख्दै आएका छन् ।
अभियानका क्रममा रास्वपा प्रति जनताको उत्साहजनक सहभागिता देखिएको छ । पार्टी प्रवेश गर्ने नयाँ कार्यकर्ताहरूले विगतमा अपेक्षित उपलब्धि हासिल नभएको र जनताका आवश्यकता अनुसार काम हुन नसकेको कारण नयाँ विकल्प रोजेको बताएका छन् ।
आजको कार्यक्रम ढुङ्गाखानी, भैरवस्थान र वौघापोखराथोकमा हुने पार्टी कार्यालयले जनाएको छ । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार थापाको विज...
७ फाल्गुन २०८२, बिहीबार७ फाल्गुन २०८२, बिहीबार७ फाल्गुन २०८२, बिहीबार by Bihani PostNo Comments
फागुन ७,
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा शुभकामना दिँदै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न दिवसले प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् ।
उनले लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा योगदान गर्ने तथा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संविधान, लोकतन्त्र र जनअपेक्षाअनुसारको सुशासन तथा तीव्र विकासका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । साथै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफल पार्न सबैलाई अपिल गरे ।
विसं २००७ को क्रान्तिको ऐतिहासिक उपलब्धिको स्मरणस्वरूप हरेक वर्ष फागुन ७ मा मनाइने प्रजातन्त्र दिवसले जनताको बलिदानबाट स्थापित सार्वभौमसत्ता र नागरिक अधिकारको महत्त्व झल्काउने राष्ट्रपतिले उल्लेख गरेका छन् ।...
७ फाल्गुन २०८२, बिहीबार७ फाल्गुन २०८२, बिहीबार७ फाल्गुन २०८२, बिहीबार by Bihani PostNo Comments
निराजन पौडेल
फागुन ७ पाल्पा ।
बगनासकाली गाउँपालिका ६, यम्घामा पछिल्लो समय स्थानीय राजनीतिक गतिविधि सक्रिय बन्दै गएको छ । लामो समयदेखि विभिन्न दलमा आबद्ध रहेका दर्जनौँ स्थानीयवासी तथा कार्यकर्ताले आफ्नो पुरानो पार्टी परित्याग गरी हिजो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
रास्वपाका क्षेत्रीय सभापति गणेश बस्यालका अनुसार नयाँ सदस्यहरू परिवर्तनमुखी सोच र विकासप्रतिको प्रतिबद्धतासहित पार्टीमा आबद्ध भएका हुन् । उनले स्थानीय तहमा पारदर्शी, जनमुखी र विकासकेन्द्रित राजनीति अघि बढाउने उद्देश्य रहेको बताए ।
नयाँ प्रवेश गर्ने कार्यकर्ताहरूले विगतमा अपेक्षित उपलब्धि हासिल नभएको र जनताका आवश्यकताअनुसार काम हुन नसकेको भन्दै नयाँ विकल्प रोजेको स्पष्ट पारेका छन् । उनीहरूले गाउँस्तरमा विकास, सामाजिक न्याय र सुशासन प्रवर्द्धन गर्ने लक्ष्य लिएको बताएका छन् ।
रास्वपाले पाल्पा जि...