निराजन पौडेल
फागुन १२ पाल्पा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को घरदैलो अभियान हिजो रिब्दीकोट गाउँपालिका का विभिन्न वडामा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । अभियान अन्तर्गत भैरवस्थान, खस्यौली क्षेत्रमा डा. माधव थापा तथा कार्यकर्ताहरूले बस्ती, बस्तीमा पुगेर स्थानीय नागरिकसँग भेटघाट तथा छलफल गरेका थिए ।
कार्यक्रमकामा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । नागरिकहरूको उत्साह र सक्रिय सहभागिताले माहोल थप उत्साहजनक बनेको थियो ।
रास्वापा जिल्ला सभापति विष्णु भण्डारीका अनुसार अधिकांश नागरिकले विगतका राजनीतिक दलप्रति असन्तुष्टि व्यक्त गरेको, आशा गरेअनुसार विकास निर्माण नभएको गुनासो पोखेका थिए । विशेषगरी युवा पुस्ताले रोजगारीको अभाव, वैदेशिक रोजगारीतर्फ बढ्दो निर्भरता तथा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या उठाएका थिए । अब विकल्पको खोजीमा रहेको र नयाँ शक्तिलाई समर्थन गर्न इच्छुक रहेको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा डा. थापाले जनताको प्रत्येक गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
त्यसै गरि, आज ठिमुरे र फेक आसपासका जनतासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको पार्टी कार्यालयले जनाएको छ ।