डा.माधव थापाको घरदैलो अभियान तीव्र

निराजन पौडेल
फागुन ११, पाल्पा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.माधव थापाले घरदैलो अभियान तीव्र बनाउनु भएको छ ।

पालुङ्ग मैनादी, भैरवस्थान र पूर्वखोला दरपुक क्षेत्रमा हिजो सम्पन्न घरदैलो कार्यक्रममा उहाँले मतदातासँग भेटघाट गर्दै आफ्ना योजना तथा एजेन्डाबारे जानकारी गराउनु भएको हो ।

कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले सडक सुधार, खानेपानीको सहज उपलब्धता र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने माग राखेका थिए । सो अवसरमा डा.थापाले यी सबै विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

घरदैलो कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

यसैबीच, आज भैरवस्थान र खस्यौली क्षेत्रमा घरदैलो कार्यक्रम हुने पार्टी कार्यालयले जनाएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज