फागुन ७,
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा शुभकामना दिँदै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न दिवसले प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् ।
उनले लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा योगदान गर्ने तथा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संविधान, लोकतन्त्र र जनअपेक्षाअनुसारको सुशासन तथा तीव्र विकासका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । साथै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफल पार्न सबैलाई अपिल गरे ।
विसं २००७ को क्रान्तिको ऐतिहासिक उपलब्धिको स्मरणस्वरूप हरेक वर्ष फागुन ७ मा मनाइने प्रजातन्त्र दिवसले जनताको बलिदानबाट स्थापित सार्वभौमसत्ता र नागरिक अधिकारको महत्त्व झल्काउने राष्ट्रपतिले उल्लेख गरेका छन् ।