थापाको विजय यात्राको पक्षमा उत्साहजनक जनसमर्थन

निराजन पौडेल
फागुन ९, पाल्पा ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. माधव थापाले आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएको छ ।

पाल्पाका विभिन्न गाउँ-गाउँ , टोल-टोलमा पुगेर उहाँले स्थानीय बासिन्दाका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्नुभएको छ । भेटघाट तथा छलफल कार्यक्रममा जनताले रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका विषयमा आफ्ना धारणा राख्दै आएका छन् ।

अभियानका क्रममा रास्वपा प्रति जनताको उत्साहजनक सहभागिता देखिएको छ । पार्टी प्रवेश गर्ने नयाँ कार्यकर्ताहरूले विगतमा अपेक्षित उपलब्धि हासिल नभएको र जनताका आवश्यकता अनुसार काम हुन नसकेको कारण नयाँ विकल्प रोजेको बताएका छन् ।

आजको कार्यक्रम ढुङ्गाखानी, भैरवस्थान र वौघापोखराथोकमा हुने पार्टी कार्यालयले जनाएको छ । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार थापाको विजय यात्राको पक्षमा जन-समर्थन दिन प्रतिदिन बढ्दो छ ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज