ताजा अपडेट

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदा २८, सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री भएकी छन् । पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।...
सुशीला कार्कीको शपथ संसद विघटनको विवादले अड्कियो

सुशीला कार्कीको शपथ संसद विघटनको विवादले अड्कियो

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
भदौ २७, जेनजी समूहले प्रस्तावित प्रधानमन्त्री सुशीला कार्कीको शपथ संसद विघटनको विवादले अड्किएको छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीबीच निरन्तर छलफल भए पनि विघटनमा सहमति जुट्न सकेको छैन। पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउन सहमति भए पनि संविधानको कुन आधारमा नियुक्त गर्ने भन्ने विषयमा मतभेद छ। राजनीतिक दलहरू कार्कीलाई स्वीकार गर्न तयार देखिए पनि संसद विघटनमा सहमत छैनन्। अन्तिम सहमति जुटेपछि मात्र शपथ हुने जनाइएको छ।...
अन्तरिम सरकारको नेतृत्व गर्न तयार छु:- सुशीला कार्की

अन्तरिम सरकारको नेतृत्व गर्न तयार छु:- सुशीला कार्की

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ २६, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएकी छन् । भारतीय टेलिभिजन  सँग कुरा गर्दै ७१ वर्षीया कार्कीले राष्ट्रिय हितका लागि काम गर्न आफू इच्छुक रहेको जनाइन् । कार्कीलाई जेनजी युवाहरूले अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्ताव गरेका हुन् । उनले भारतमा अध्ययनको अनुभव स्मरण गर्दै दुई देशबीच ऐतिहासिक र आत्मीय सम्बन्ध रहेको उल्लेख गरिन् । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आन्दोलनमा सडकमा उत्रिएकी कार्कीले सर्वोच्च अदालतमा रहँदा सामूहिकतामा विश्वास गरेर काम गरेको अनुभव साझा गर्दै भविष्यमा पनि त्यही भावनासहित अघि बढ्ने बताइन् ।...
आज पनि जेन–जी समूहबीच विवाद

आज पनि जेन–जी समूहबीच विवाद

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ २६ , जेन–जी समूहहरूले सैनिक मुख्यालय अगाडि आज पनि वादविवाद गरेका छन्। अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई दिनुपर्ने प्रस्ताव भइरहेका बेला उनीहरूले आ(आफ्ना उम्मेदवार अघि सार्दै विवाद बढाएका हुन्। धेरैले धरानका मेयर हर्क साम्पाङलाई समर्थन गरेका छन्। भारतीय मिडियामाथि आक्रोश देखाउँदै समूहलाई सेनाले हटाउने प्रयास गरिरहेको छ।...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ २१, आज देशका पहाडी भू-भागहरूमा सामान्य बदली रही तराई तथा अन्य भूभागहरूमा आंशिक बदलीको अवस्था छ । बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरू तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । दिउँसो देशभर सामान्य बदलीको अवस्था रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  ...
गुल्मीमा सातामा एकपटक मात्र हवाई उडान

गुल्मीमा सातामा एकपटक मात्र हवाई उडान

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ २०, गुल्मीको रेसुङ्गा विमानस्थलमा झन्डै डेढ महिनापछि हवाई उडान पुनः सुरु भएको छ। प्रतिकूल मौसमका कारण अवरुद्ध भएको उडान बिहीबारबाट नेपाल वायुसेवा निगमले सञ्चालनमा ल्याएको हो । पहिले हप्तामा चार पटक हुने उडान अहिले जहाज अभावका कारण अस्थायी रूपमा मात्र हुने भएको निगमले जनाएको छ। काठमाडौँ-गुल्मी उडान बिहान ६:३० र गुल्मी-काठमाडौँ बिहान ७:३० बजे हुने छ । भाडा काठमाडौँबाट गुल्मी ७ हजार ५ सय र गुल्मीबाट काठमाडौँ ७ हजार ३ सय निर्धारण गरिएको छ । हवाई उडान सुरु भएपछि पर्यटकको चाप बढ्नुका साथै स्थानीयलाई पनि राजधानी आवतजावतमा सहज भएको छ ।...
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुन थाले

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुन थाले

Breaking News 2, ताजा अपडेट, समाचार
भदौ २०, नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुन थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनपछि नेपाल टेलिकम, एनसेल र इन्टरनेट सेवा प्रदायकहरूले फेसबुक, यूट्यूब, एक्स, इन्स्टाग्राम, मेसिन्जर, व्हाट्सएपलगायत २६ वटा सञ्जाल निष्क्रिय बनाउन थालेका हुन् । सरकारले सूचीकरणका लागि दिएको समयसीमा सकिएपछि यस्तो कदम चालेको हो । हाल नेपालमा टिकटक, भाइबर, निम्बज, वीटक र पोपो लाइभ मात्र सूचीकरण भएका छन् । निर्णयपछि सरकारप्रति आलोचना चर्किएको छ ।...
‘हाम्रो पात्रो’ ले दर्ताका लागि दियो निवेदन

‘हाम्रो पात्रो’ ले दर्ताका लागि दियो निवेदन

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ २० , नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयपछि ‘हाम्रो पात्रो’ ले सूचीकरणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको छ। सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्ले भदौ ९ गते सामाजिक सञ्जाल सञ्चालन गर्न इच्छुक व्यक्ति वा संस्थाले सात दिनभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्ने निर्णय गरेको थियो। त्यसअनुरूप ‘हाम्रो पात्रो’ दर्ता प्रक्रियामा प्रवेश गरेको हो।...
आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्य स्थिर

ताजा अपडेट, ब्यापार, समाचार
भदौ १९, आज  बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन । बुधबार प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन । चाँदीको मोल पनि यथावत छ । हिजो चाँदीको मूल्य प्रतितोला दुई हजार ४८० रुपैयाँ कायम भएको थियो ।  ...
मोहनकन्या माविको हीरक महोत्सव सम्पन्न

मोहनकन्या माविको हीरक महोत्सव सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, शिक्षा, समाचार
भदौ १८, पाल्पा । मोहनकन्या माध्यमिक विद्यालयले ७५ वर्ष पूरा गरेको अवसरमा विविध कार्यक्रमसहित हीरक महोत्सव सम्पन्न गरेको छ। सोमबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दीप प्रज्वलन गर्दै महोत्सव उद्घाटन गर्नुभयो। उहाँले स्मारक अनावरण, हीरक द्वार उद्घाटन र (आरती स्मारिका) विमोचन गर्नुका साथै विद्यालयको छात्रावास समस्या आगामी बजेटमार्फत समाधान गर्ने आश्वासन दिनुभयो। महिलाहरू समाजका हरेक क्षेत्रमा अब्बल बन्दै गइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले मोहनकन्या विद्यालयलाई प्रदेशकै गौरव भन्दै यसलाई जोगाएर उन्नति गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । हीरक महोत्सब समारोह कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधान प्रसाद श्रेष्ठको अध्यक्षता प्रधानाध्यापक दीपकप्रसाद ज्ञवालीको स्वागत तथा शिक्षक रिना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।   &n...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज