भदौ २७,
जेनजी समूहले प्रस्तावित प्रधानमन्त्री सुशीला कार्कीको शपथ संसद विघटनको विवादले अड्किएको छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीबीच निरन्तर छलफल भए पनि विघटनमा सहमति जुट्न सकेको छैन।
पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउन सहमति भए पनि संविधानको कुन आधारमा नियुक्त गर्ने भन्ने विषयमा मतभेद छ। राजनीतिक दलहरू कार्कीलाई स्वीकार गर्न तयार देखिए पनि संसद विघटनमा सहमत छैनन्। अन्तिम सहमति जुटेपछि मात्र शपथ हुने जनाइएको छ।