गुल्मीमा सातामा एकपटक मात्र हवाई उडान

भदौ २०,
गुल्मीको रेसुङ्गा विमानस्थलमा झन्डै डेढ महिनापछि हवाई उडान पुनः सुरु भएको छ। प्रतिकूल मौसमका कारण अवरुद्ध भएको उडान बिहीबारबाट नेपाल वायुसेवा निगमले सञ्चालनमा ल्याएको हो ।

पहिले हप्तामा चार पटक हुने उडान अहिले जहाज अभावका कारण अस्थायी रूपमा मात्र हुने भएको निगमले जनाएको छ। काठमाडौँ-गुल्मी उडान बिहान ६:३० र गुल्मी-काठमाडौँ बिहान ७:३० बजे हुने छ ।

भाडा काठमाडौँबाट गुल्मी ७ हजार ५ सय र गुल्मीबाट काठमाडौँ ७ हजार ३ सय निर्धारण गरिएको छ । हवाई उडान सुरु भएपछि पर्यटकको चाप बढ्नुका साथै स्थानीयलाई पनि राजधानी आवतजावतमा सहज भएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज