अन्तरिम सरकारको नेतृत्व गर्न तयार छु:- सुशीला कार्की

भदौ २६,
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएकी छन् । भारतीय टेलिभिजन  सँग कुरा गर्दै ७१ वर्षीया कार्कीले राष्ट्रिय हितका लागि काम गर्न आफू इच्छुक रहेको जनाइन् ।

कार्कीलाई जेनजी युवाहरूले अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्ताव गरेका हुन् । उनले भारतमा अध्ययनको अनुभव स्मरण गर्दै दुई देशबीच ऐतिहासिक र आत्मीय सम्बन्ध रहेको उल्लेख गरिन् ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आन्दोलनमा सडकमा उत्रिएकी कार्कीले सर्वोच्च अदालतमा रहँदा सामूहिकतामा विश्वास गरेर काम गरेको अनुभव साझा गर्दै भविष्यमा पनि त्यही भावनासहित अघि बढ्ने बताइन् ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज