भदौ २० ,
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयपछि ‘हाम्रो पात्रो’ ले सूचीकरणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको छ। सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्ले भदौ ९ गते सामाजिक सञ्जाल सञ्चालन गर्न इच्छुक व्यक्ति वा संस्थाले सात दिनभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्ने निर्णय गरेको थियो। त्यसअनुरूप ‘हाम्रो पात्रो’ दर्ता प्रक्रियामा प्रवेश गरेको हो।