भदौ २१,
आज देशका पहाडी भू-भागहरूमा सामान्य बदली रही तराई तथा अन्य भूभागहरूमा आंशिक बदलीको अवस्था छ ।
बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरू तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
दिउँसो देशभर सामान्य बदलीको अवस्था रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।