प्राधिकरणबाट हटाइएका कुलमान अन्ततः बने उर्जा मन्त्री
भदौ ३०,
निराजन पौडेल पाल्पा ।
भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनले धेरै कुरामा उथलपुथल ल्याएको छ । आन्दोलनकै जगमा पुरानो सत्ता परिवर्तन भई नयाँ सरकारको निर्माण भएको छ । जसमा नेपालकै पहिलो महिला प्रधानमन्त्रीले नेतृत्व सम्हालेकी छिन् । सुशीला कार्की प्रधानमन्त्री भएसँगै भएका अनेकौं चर्चाका विषयहरुमा अझै पनि पूर्णविराम भने लागेको छैन । जस अन्तर्गतको चर्चाको विषय हो नयाँ मन्त्रीमण्डल निर्माणको विषय ।
नयाँ मन्त्रीहरु नियुक्त गर्नका लागि बाहिर आएका नामहरु प्रायः सबै चर्चामा छन् । यद्दपी ती नामहरुमा यसअघि देखि नै तरङ्गित नाम हो कुलमान घिसिङ । उज्यालो नेपालका नायकका रुपमा चिनिने कुलमानलाई नचिन्ने नेपालमा सायदै होलान् । उनी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएका वेला नेपालमा लोडसेडिङको अन्त्य भएको थियो । यसैले पनि उनलाई सबैलै निकै सम्झने गर्छन् । अहिले उनै त्यहि विद्युत प्राधिकरणक...








