सर्वोच्च अदालतमा सेवा सुचारुः पालमूनीबाटै न्याय

२९ भदौ । जेन जी आन्दोलनका क्रममा नेपालकै न्यायको सर्वोच्च धरोहर सर्वोच्च अदालतको मुख्य भवन नै जलेर खरानी बनेपछि अदालतले पालमूनीबाटै न्यायिक सेवाको पुनः शुरुवात् गरेको छ । न्याय सेवा रोकिन नहुने र रोक्न नमिल्ने विषय भएकोले पनि अफ्ठेरो अवस्थाबाटै भएपनि सर्वोच्च अदालतले न्याय सेवा प्रदान गर्ने प्रक्रिया सुचारु गरेको हो ।

गत २४ गते भएको जेन जी आन्दोलनमा सर्वोच्च अदालत पनि अछुतो रहन सकेन । सर्वोच्च अदालतको मूल भवनका साथै मिसिल लगायत महत्वपूर्ण कागजात समेत आन्दोलनकारीको आगजनीमा जलेर नष्ट भएपछि अदालतले पालमूनी बसेरै भएपनि सेवा सुचारु गरेको छ । जलेर खरानी बनेको मूल भवनमै अदालतका न्यायाधिशहरुको पूर्ण बैठक बस्दै आजबाट सेवा सुचारु गर्ने निर्णय गरेको थियो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज