भदौ ३०,
निराजन पौडेल पाल्पा ।
भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनले धेरै कुरामा उथलपुथल ल्याएको छ । आन्दोलनकै जगमा पुरानो सत्ता परिवर्तन भई नयाँ सरकारको निर्माण भएको छ । जसमा नेपालकै पहिलो महिला प्रधानमन्त्रीले नेतृत्व सम्हालेकी छिन् । सुशीला कार्की प्रधानमन्त्री भएसँगै भएका अनेकौं चर्चाका विषयहरुमा अझै पनि पूर्णविराम भने लागेको छैन । जस अन्तर्गतको चर्चाको विषय हो नयाँ मन्त्रीमण्डल निर्माणको विषय ।
नयाँ मन्त्रीहरु नियुक्त गर्नका लागि बाहिर आएका नामहरु प्रायः सबै चर्चामा छन् । यद्दपी ती नामहरुमा यसअघि देखि नै तरङ्गित नाम हो कुलमान घिसिङ । उज्यालो नेपालका नायकका रुपमा चिनिने कुलमानलाई नचिन्ने नेपालमा सायदै होलान् । उनी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएका वेला नेपालमा लोडसेडिङको अन्त्य भएको थियो । यसैले पनि उनलाई सबैलै निकै सम्झने गर्छन् । अहिले उनै त्यहि विद्युत प्राधिकरणको तालुक मन्त्रालय उर्जा मन्तालयको जिम्म्वारी सम्हाल्न पुगेका छन् ।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकः
२०७३ साल अघिसम्म उनी चर्चमा थिएनन् । तर २०७३ सालमा विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएपछि उनी चर्चाको शिखरमा चुलिए । नेपाललाई लोडसेडिङ मुक्त गर्न उनले खेलेको मूमिकालाई सबै खुलेर प्रशंसा गरे भने उनका कामलाई सबैले रुचाए पनि । आफ्नो ४ वर्षे कार्यकाल सक्काएर उनी २०७७ भदौमा प्राधिकरणबाट विदा भए ।
दोस्रो कार्यकालः
पहिलो कार्यकालबाट चौतर्फी प्रशंसा सहित पूनः नियुक्तिको दबाब आएपछि उनलाई २०७८ साउन २७ गते पुनः प्राधिकरणको निर्देशमा नियुक्ति गरियो । यो कार्यकालमा भने उनले धेरै नै तरङ्गित हुनु पर्यो । ट्रंक लाइन र डेडिकेटेड लाइनको वक्यौताका विषयमा उद्योग व्यवशायीले विवाद गरेपछि उनले विद्युतको लाइन नै काट्नु पर्ने स्थितिमा पुगेका थिए । उनले सही कदममा निरन्तर जनताको साथ र सहयोग भने पाइनै रहे । तर ओली सरकारले उनलाई दोस्रो कार्यकाल बाँकी छँदै हटाएको थियो । उनी गत चैतमा मात्रै हटाइएका थिए ।
तर राम्रो काम गर्नेलाई थप उचाई मिल्छ भन्ने कुराको आज उनी उदाहरण बनेका छन् । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएपनि हाल भने उनी त्यही प्राधिकरण चलाउने तालुक मन्त्रलायको मन्त्री नै बनेर गएका छन् । जनताको निरन्तर साथ रहेका सर्वस्वीकार्य व्यक्ति कुलमान जेन जी को पनि पहिलो रोजाइमा परे । उर्जा सहित थप २ मन्त्रलाय समेतको जिम्मेवारी पाएका उनलाई अब आफ्नो स्वच्छ भिजन अनुसार काम गर्न कसैले रोक्ने छैन ।