प्रधानमन्त्री कार्कीको टिम विस्तार, आजै सपथको तयारी

३० भदौ । प्रधानमन्त्री सुशीला कार्कीले नाम टुङ्गिएका नयाँ मन्त्रीहरुलाई नियुक्ति र जिम्मेवारी प्रदान गर्ने तयारी भएको छ । हिजो अबेर रातिसम्ममा हाल सम्म तीन जनाको नाम टुङ्गो लागेको छ भने अन्य मन्त्रीको पनि खोजी जारी रहेको बुझिएको छ । हालसम्म कुलमान घिसिङलाई उर्जा सहित भौतिक पूर्वाधार र यातायात तथा शहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिन लागिएको छ । यस्तै अर्थमा पूर्व अर्थ सचिव रामेश्वर खनाल र गृहमा ओमप्रकाश अर्यालले जिम्मेवारी पाउने पक्का भएको छ ।

घिसिङ विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् । रामेश्वर खनाल पूर्व अर्थ सचिव हुन् भने अर्याल काठमाडौैं महानगरका मेयर बालेन्द्र शाहका सल्लाहकार भएका व्यक्ति हुन् । तीनै जना मन्त्रीलाई आजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ गराउने तयारी पनि रहेको स्रोतले जनाएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज