ट्रेन्डिङ

मिर्गौलासम्बन्धी समस्या र मृत्युदर दुवै बढ्दो

मिर्गौलासम्बन्धी समस्या र मृत्युदर दुवै बढ्दो

ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, शिक्षा, समाचार, स्वास्थ्य
फागुन २९ वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. रजत कायस्थले अरू रोगको तुलनामा मिर्गौला रोगका कारण मानिसको ज्यान जाने दर विश्वमा नै बढ्दो क्रममा रहेको बताउनुभएको छ । विश्व मिर्गौला दिवसको अवसरमा बुटवलमा आयोजित चेतनामूलक र्‍यालीपछि आयोजित कार्यक्रममा बोल्दै डा. कायस्थले सरकारीस्तरबाटै मिर्गौला रोग र रोकथामबारे समुदायस्तरमा सचेतनामूलक कार्यक्रम पुर्‍याउनुपर्ने बताउनुभयो । बेलाबेलामा मिर्गौलाको परीक्षण गर्न उहाँको आग्रह छ । यस्तै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले मधुमेह र रक्तचापका कारण मिर्गौलामा पनि समस्या देखिने गरेको भन्दै मधुमेह र रक्तचापलाई नियन्त्रणमा राख्न आग्रह गर्नुभयो । डाक्टरहरूका अनुसार नियमित रूपमा हिँडडुल र शारीरिक व्यायाम गर्ने तथा सन्तुलित खाना खाँदा व्यक्तिको तौल नियन्त्रण भई उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला तथा अन्य दीर्...
यस वर्षको एसईई तयारी पूरा, ५ लाख ८ हजार ३ सय ९० विद्यार्थीले परीक्षा दिने

यस वर्षको एसईई तयारी पूरा, ५ लाख ८ हजार ३ सय ९० विद्यार्थीले परीक्षा दिने

Breaking News 2, कर्णाली, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, विचार, शिक्षा, समाचार, सुदूरपश्चिम
फागुन २९ राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले आगामी चैत ७ देखि हुने परीक्षामा पाँच लाख आठ हजार तीन सय नब्बे विद्यार्थीले परीक्षा दिने जानकारी दिंदै सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको जनाएको छ । यस वर्षको एसईईमा नियमिततर्फ ४ लाख ३३ हजार र ग्रेड वृद्धितर्फ ७५ हजार २४५ परिक्षार्थी सहभागी हुने भएका छन् । यसका लागि २७९ वटा परीक्षा केन्द्र तय भएको जनाइएकोे छ । यसका साथै यो बर्षदेखि सुधार गृहबाटै परीक्षा लिइने व्यवस्था पनि मिलाइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस वर्षको एसईईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र तोकिएको छ । चैत १९ सम्म परीक्षा सञ्चालन हुनेछ ।  ...
अ.ने.म संघ (क्रान्तीकारी) गुल्मीको बैठक सम्पन्न

अ.ने.म संघ (क्रान्तीकारी) गुल्मीको बैठक सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
फागुन २८ नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सिर्जना तरामुको उपस्थीतिमा अ.ने.म संघ (क्रान्तीकारी) गुल्मीको तेस्रो पूर्ण बैठक तम्घासमा सम्पन्न भएको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सिर्जना तरामुले पार्टीले लिएको नीतिलाई अवलम्वन गर्दै गाउँसम्म जानुपर्नेमा जोड दिनुभएको थियो । जिल्ला संयोजक गीता थापाको अध्यक्षतामा भएको बैठकले आगामी चैत २० मा नेपालगञ्जमा हुने लुम्बिनी प्रदेशको सम्मेलनलाई सफल बनाउनका लागि प्रचार-प्रसार गर्ने र जिल्लाबाट ६० जना प्रतिनिधि पठाउने निर्णय भएको हो ।...
आज को मौसम

आज को मौसम

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
फागुन २८ हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल...
देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो-प्रधानमन्त्री ओली

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो-प्रधानमन्त्री ओली

Breaking News 1, कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
फागुन २७ आज कोशी प्रदेशसभामा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका छन् । जनताको बलिदानी सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने पनि जानकारी गराए । यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उनले संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताएका हुन । “हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहान्छौँ । गरिबी हटाएर मात्रै हामी सन्तोष मान्दैनौँ । समग्र मानवीय जैविक र न्यायोजित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुुछ ।’’, प्रधानमन्त्री ओलीले भने, “ना...
अमेरिकाको यूएसएडका अधिकांश कार्यक्रम रद्द

अमेरिकाको यूएसएडका अधिकांश कार्यक्रम रद्द

Breaking News 2, अर्थ, ट्रेन्डिङ, विचार, समाचार
फागुन २७ अमेरिकाले यूएसएडका अधिकांश कार्यक्रम रद्द गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ६ हप्ता लामो समीक्षापछि ८३ प्रतिशत कार्यक्रम रद्द गरिएको जानकारी गराएका छन । यूएसएडअन्तर्गत हाललाई ५ हजार २ सय सम्झौता रद्द गरिएको जनाउँदै विदेशमन्त्री रुबियोले यूएसएडअन्तर्गत अरर्बौंं डलर खर्च भइरहेको बताउँदै यसले अमेरिकालाई ठुलो नोक्सान पुर्‍याएकाले ५ हजार बढी सम्झौता रद्द गरेको बताएका छन । साथै उनले संसादहरुसँगको परामर्शमा १८ प्रतिशत कार्यक्रम भने जारी राख्ने बताए । अमेरिकाको यो निर्णयले यूएसएड परियोजनाअन्तर्गत अनुदान लिइरहेका थुप्रै राष्ट्रहरु मारमा पर्ने निश्चित छ ।...
युट्युब सब्सक्राइबमा २०० पाएपछि लोभिँदा लाख गुमाएका पीडितको सन्देशः अपरिचितको मेसेज नखोल्नु

युट्युब सब्सक्राइबमा २०० पाएपछि लोभिँदा लाख गुमाएका पीडितको सन्देशः अपरिचितको मेसेज नखोल्नु

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
फागुन २७ युट्युब च्यानल सब्सक्राइब गर्दा २०० रुपैयाँ पाएपछि लोभिँदा एक लाख ३० हजार रुपैयाँ गुमाएका पीडितले सचेत रहन आग्रह गरेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको एक भिडिओ सन्देशमार्फत ती पीडित युवाले यस्तो ठगीबाट अपरिचित व्यक्तिबाट आएको मेसेज वा लिङ्क नखोल्न तथा कुराकानी नगर्न सुझाएका हुन् । उनका अनुसार सुरुमा एक अपरिचित व्यक्तिबाट ह्वाट्सएपमा मेसेज आएको थियो । ती व्यक्तिसँग कुरा गर्दा एउटा युट्युब च्यानल सब्सक्राइबमा २०० रुपैयाँ आम्दानी हुने प्रस्ताव आयो । त्यति गरेपछि आफूलाई पाँचरदश ओटा च्यानल सब्सक्राइब गर्न लगाइएको र त्यस बापत १००० रुपैयाँ प्राप्त भएको उनले सुनाएका छन् । “त्यसपछि मलाई उहाँले एक टेलिग्राम च्यानलमा जोड्नु भयो । त्यहाँ पनि त्यस्तै, लाइक गर्ने सब्सक्राइब गर्ने र आम्दानी गर्ने भन्ने थियो,” उनले भनेका छन्, “एउटामा चाहिँ पैसा हालेर नाफा कमाउने भन्ने आयो ।” त्यसमा...
वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दै

वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दै

खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, विचार, समाचार
फागुन २६ वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दैछन् । खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुनेछ । यसअघि हिजोको खेलमा नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले हराएको थियो । यस्तै अस्ति भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले हङकङलाई हराएको थियो । शृङ्खलामा नेपाल, युगान्डा, नामिबिया र हङकङ छन् । सबै टोलीले एक–अर्कासँग समान दुईरदुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ । फाइनल खेल चैत ३ गते हुनेछ ।...
सुन-चादी आजको मूल्य कति ?

सुन-चादी आजको मूल्य कति ?

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, शेयर बजार, समाचार
फागुन २६ आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । चाँदीको मुल्य १ हजार ९८५ रुपैयाँमै कारोबार भएको छ ।
आजको मौसम

आजको मौसम

Breaking News 2, कर्णाली, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
फागुन २६ अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले हिमाली र पहाडी क्षेत्रमा मौसम बदली र तराईमा मुख्यतया मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रका एक–दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव भएकाले केही दिनदेखि काठमाण्डौ उपत्यकाहित देशका धेरै ठाउँमा बादल लाग्ने र बेलुकीपख हावाहुरीसहित छिटपुट पानी पर्ने गरेको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज