फागुन २९
राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले आगामी चैत ७ देखि हुने परीक्षामा पाँच लाख आठ हजार तीन सय नब्बे विद्यार्थीले परीक्षा दिने जानकारी दिंदै सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको जनाएको छ ।
यस वर्षको एसईईमा नियमिततर्फ ४ लाख ३३ हजार र ग्रेड वृद्धितर्फ ७५ हजार २४५ परिक्षार्थी सहभागी हुने भएका छन् । यसका लागि २७९ वटा परीक्षा केन्द्र तय भएको जनाइएकोे छ । यसका साथै यो बर्षदेखि सुधार गृहबाटै परीक्षा लिइने व्यवस्था पनि मिलाइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस वर्षको एसईईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र तोकिएको छ । चैत १९ सम्म परीक्षा सञ्चालन हुनेछ ।