तेस्रो नेगेटिभ सर्किटपछि बन्द भयो शेयर कारोबार
असोज २ । बिहीबार शेयर बजार कारोबार अनपेक्षित हुँदै बन्द भएको छ । सबैले अनुमान गरेको भन्दा फरक ढंगले कारोबारमा लगातार नेगेटिभ सर्किट ब्रेक हानेपछि अन्ततः कारोबार नै बन्द भएको छ । बिहीबारको कारोबारमा तीन पटक सम्म नेगेटिभ सर्किट लागेको छ । यो सँगै आजका लागि भने कारोबार बन्द गरिएको छ । एक हप्तापछि खुलेको शेयर बजार आज ६ प्रतिशत घटेर बन्द भएको हो ।
लगातार तेस्रो नेगेटिभ सर्किट लागेपनि आइतबार भने शेयर बजारमा राम्रो कारोबार हुने अनुमान शेयर क्षेत्रका विज्ञले गरेका छन् । धेरै दिनपछि आज कारोबार शुरु भएको र जेन जी आन्दोलनले गर्दा आर्थिक प्रभावका कारण पनि आजको शेयर बजार प्रभावित भएको हुन सक्ने अनुमान छ । यसबाट निराश नहुन पनि विज्ञको सुझाव छ ।...








