वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दै

फागुन २६
वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दैछन् । खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुनेछ । यसअघि हिजोको खेलमा नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले हराएको थियो । यस्तै अस्ति भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले हङकङलाई हराएको थियो । शृङ्खलामा नेपाल, युगान्डा, नामिबिया र हङकङ छन् । सबै टोलीले एक–अर्कासँग समान दुईरदुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ । फाइनल खेल चैत ३ गते हुनेछ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज