आजको मौसम

फागुन २६
अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले हिमाली र पहाडी क्षेत्रमा मौसम बदली र तराईमा मुख्यतया मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रका एक–दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव भएकाले केही दिनदेखि काठमाण्डौ उपत्यकाहित देशका धेरै ठाउँमा बादल लाग्ने र बेलुकीपख हावाहुरीसहित छिटपुट पानी पर्ने गरेको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज