अमेरिकाको यूएसएडका अधिकांश कार्यक्रम रद्द

फागुन २७
अमेरिकाले यूएसएडका अधिकांश कार्यक्रम रद्द गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ६ हप्ता लामो समीक्षापछि ८३ प्रतिशत कार्यक्रम रद्द गरिएको जानकारी गराएका छन । यूएसएडअन्तर्गत हाललाई ५ हजार २ सय सम्झौता रद्द गरिएको जनाउँदै विदेशमन्त्री रुबियोले यूएसएडअन्तर्गत अरर्बौंं डलर खर्च भइरहेको बताउँदै यसले अमेरिकालाई ठुलो नोक्सान पुर्‍याएकाले ५ हजार बढी सम्झौता रद्द गरेको बताएका छन ।

साथै उनले संसादहरुसँगको परामर्शमा १८ प्रतिशत कार्यक्रम भने जारी राख्ने बताए । अमेरिकाको यो निर्णयले यूएसएड परियोजनाअन्तर्गत अनुदान लिइरहेका थुप्रै राष्ट्रहरु मारमा पर्ने निश्चित छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज