जेठ २२
आज नेपाली बजारमा सुनको भाउ हिजोजस्तै तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ पाँच सय रुपैयाँले बढेर एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
१९ जेष्ठ २०८२, आईतवार१९ जेष्ठ २०८२, आईतवार१९ जेष्ठ २०८२, आईतवार by Bihani PostNo Comments
जेठ १८,
जयराम सापकोटा
तानसेनमा राष्ट्रियलोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति पाल्पा द्वारा आयोजित ७ दिने मादल वजाउने प्रशिक्षण कार्यक्रमको शुभारम्भ भएको छ । तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीको प्रमुख आतिथ्यतामा सुभारम्भ भएको कार्यक्रममा विशिष्ठ अतिथि तथा अतिथिको रुपमा तानपा ६ का वडाध्यक्ष सागरमान महर्जन,राष्टिय स्वतन्त्रपाटीका अध्यक्ष शुमन गैरे, कानुनी सल्लाकार शिवचन्द्र देवकोटा,तानसे नगर पालिका सामुदायीक विकाश शाखा प्रमुख भरत प्रसाद आचार्य, पाल्पा व्यापार संघका वरिष्ट उपाध्यक्ष कमल ढकाल, राष्ट्रियलोक दोहोरी प्रतिष्ठानका सल्लाहाकार जय प्रकाश उप्रेती लगायतको पस्थितिमा तालिमको उदघाटन भएको कार्यक्रमका संयोजक पवन वस्यालले जानकारी दिनुभयो ।
समय सापेक्ष विभिन्न किसिमका सिपमुलक तालिम र प्रशिक्षण दिदै आएको राष्ट्रियलोक तथा दोहोरीगीत प्रतिष्ठानले यहि जेठ १८ गतेवाट २४...
जेठ ०४
पाल्पाको रामपुर नगरपालिकाले महिलाहरुलाई उद्यमशीलतामा अगाडि बढाउनको लागी १३ दिने पोतेमाला तथा चुरा बनाउने तालिम प्रदान गरेको छ । नगरपालिकाले महिला दिदिबहिनिहरुलाई आत्मनिर्भर बनाउनको लागी उक्त तालिम प्रदान गरेको हो।
शुक्रबार तालिमको समापन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले महिलाहरुका लागि अति आवश्यक वस्तुको उत्पादन नगरपालिका भित्रै गरी आत्मनिर्भर बनाउनु पर्ने बताउनुभयो । साथै श्रृङ्गारको रुपमा प्रयोग हुने चुरा पोते माला औँठी यहीँ उत्पादन गर्न आवश्यक रहेको बताउदै उहाँले तालिममा सिकेका सिपबाट उत्पादित बस्तुको बजारीकरण नगरपालिकाले गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं.५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले तालिममा सिकेका सिपको माध्यबाट उद्यमी बन्न आग्रह गर्नुभयो । साथै गुणस्तरीय र बाह्य वस्तु संग प्रतिस्पर्धा गर्न सक्ने सामग्री...
जेठ ०४,
सुनको भाउ आज तोलामा छ सय रुपैयाँ घटेर आज सुनको भाउ तोलाको एक लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
जेठ ०४,
पोर्चुगलका कप्तान तथा अल नासरका खेलाडी क्रिस्टियानो रोनाल्डो लगातार तेस्रो वर्ष सर्वाधिक कमाउने खेलाडी बनेका छन् । फोर्ब्सले शुक्रबार सार्वजनिक गरेको धेरै कमाउने खेलाडीको सूचनामा रोनाल्डो अगाडि रहेका हुन् । रोनाल्डोले यो वर्ष आफ्नो आम्दानी १५ मिलियन बढाएर २७५ मिलियन अमेरिकी डलर पुर्याएका छन् । यसपटक बास्केटबल स्टार स्टेफन करी दोस्रो स्थानमा उक्लिएका छन् । बेलायती बक्सर टाइसन फ्युरी तेस्रो र मेसी पाँचौँ स्थानमा झरेका छन् ।
४० वर्षको उमेर पनि रोनाल्डो मैदानभित्र र बाहिर सक्रिय छन् । रोनाल्डो पछिल्लो दुई वर्षदेखि साउदी प्रो लिग क्लब अल नासरमा आबद्ध छन् । उनको मुख्य कमाइको स्रोत नासरबाट प्राप्त गर्ने पारिश्रमिक र सम्झौता रकम हो । उनले सोसल मिडियाबाट राम्रै आम्दानी गरेका छन् । यसैकारण उनी लगातार तेस्रोपटक पनि सर्वाधिक कमाउने खेलाडी बनेका छन् ।
सन् २०२३ मा इंग्लिस क्लब म्यानचेस्ट...
२७ बैशाख २०८२, शनिबार२७ बैशाख २०८२, शनिबार२७ बैशाख २०८२, शनिबार by Bihani PostNo Comments
बैशाख २७,
रोजगार सेवा केन्द्रको आयोजना , स्थानीय तहमा रोजगारीको अवस्था र आगामी रोजगार रणनीति निर्माण गर्ने उद्देश्यले बागलुङको बरेङ गाउँपालिकामा रोजगार संवाद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमा सुचिकृत बेरोजगारहरुलाई विभिन्न सिपमुलक तालिम दिइने, निर्माण व्यवसायीसंग समन्वय गरी रोजगारी सिर्जना गर्ने, निःशुल्क र उचित बाँझो जग्गा लिजमा लिई उत्पादनमा जोड्दै रोजगार सिर्जना गर्ने, गाउँपालिकाका विभिन्न वनमा पाइने जडिबुटिको संकलन, प्रशोधनका लागि वनसङ्ग साझेदारी गरी रोजगार सिर्जना तथा बजारीकरण गरी राजश्व वृद्धि गर्ने, जस्ता महत्वपुर्ण निर्णय भएका छन् । कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ पालिकाका अध्यक्ष, रोजगार संयोजक र सव–इन्जिनियरले दिएका थिए ।
बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न छलफल तथा अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, क...
२६ बैशाख २०८२, शुक्रबार२६ बैशाख २०८२, शुक्रबार२६ बैशाख २०८२, शुक्रबार by Bihani PostNo Comments
बैशाख २६,
बागलुङको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । पालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई रु पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो ।
परम्परागत तरिकाले खेतबारी जोत्नका लागि प्रयोग गरिने गोरुलाई संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले रु आठ लाख ९० हजार पोषणभत्ता सोझै किसानको हातमा पु¥याइएको गाउपालिका अध्यक्ष बताए । गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गरेर १७८ जनालाई रु पाँच हजारका दरले पोषणभत्ता प्रदान गरेको हो ।
गोरु संरक्षण र मलमूत्रको उपयोगिता बढाउनका लागि पहिलो पटक यो कार्यक्रम ल्याएको साथै दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर रु साढे दुईका दरले अनुदानसमेत दिइएको छ । पालिकाले नयाँ बाख्रा पकेट विकास कार्यक्रम मार्फत अनुदान र पशुपक्षी फार्म यन्त्रिकीकरणम...
२५ बैशाख २०८२, बिहीबार२५ बैशाख २०८२, बिहीबार२५ बैशाख २०८२, बिहीबार by Bihani PostNo Comments
बैशाख २५,
तानसेन नगरपालिकाले प्रमुख राजश्व स्रोत पार्किङ र प्रवेश शुल्क बनाएको छ । रित्तो श्रीनगर र रित्तो रानीमहलबाट करोड बढी राजश्व संकलन गर्ने नगरपालिकाले श्रीनगर र रानीमहलको संरक्षण र प्रवर्धनमा खासै ध्यान दिन सकेको छैन । यहाँसम्म कि नगरपालिकाले बाटो छेउमा खडा गरिएका सवारीबाट समेत शुल्क उठाउँछ ।
पाइलै पिच्छे उठाइने पार्किङ र प्रवेश शुल्कले स्थानीय तथा पर्यटक हैरान भएका छन् । व्यवस्थापनमा कुनै ध्यान नदिने पार्किङ र प्रवेश शुल्क उठाउने स्थानीय सरकारको गतिबिधि प्रति प्रश्न उठ्न थालेको छ । तानसेन बसपार्क आइपुगेको गाडीको इन्जिन बन्द हुन नपाउदै पार्किङ उठाउन नगरप्रहरी पुग्छन् । बसापर्कमा बसको रु. ६०, मिबिसको ५०, जीप कार भ्यानको ३० र मोटरसाइकलको १० रुपैयाँ उठाइन्छ । टाढाबाट आएका पर्यटकलाई सहजीकरण गर्ने तर्फ नगरपालिकाको कुनै ध्यान छैन । ध्यान छ त रसिद कटाउने शुल्क उठाउनेमा मात्र ।
बिरेन...
२५ बैशाख २०८२, बिहीबार२५ बैशाख २०८२, बिहीबार२५ बैशाख २०८२, बिहीबार by Bihani PostNo Comments
बैशाख २५, पाल्पा
तिनाउ गाउँपालिकाले कृषि तथा पशुपालनको क्षेत्रमा आाधुनिकता ल्याउदै छ । परम्परागत कृषि प्रणालीलाई प्रविधियुक्त, वैज्ञानिक र बजारमुखी बनाउँदै आफ्ना किसानहरूको जीवनस्तर उकास्न पालिका आधुनिकीकरणको दिशामा अघि बढेको हो ।
चालू आर्थिक वर्षमा १ सय ३४ वटा हाते ट्याक्टर बितरण गर्ने तयारी गरेको छ । यी ट्याक्टरहरू खरिद प्रक्रियाबाट खरिद गरिसकिएको र वडा तथा टोलबाट माग संकलन गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । सबै ट्याक्टरहरू नेपाल सरकारको मान्यताप्राप्त र मेकानिकल इन्जिनियरहरुबाट प्रमाणित रहेको बताउदै यसवर्ष कृषि कार्यक्रम अन्तरगत १५ वटा कुटानी पिसानी मिल समेत बितरण हुदैछ । गाउँपालिकाले गोरू बिस्थापन गरी कृषिमा आधुनिकीकरण ल्याउने कार्यक्रम अगाडि सारेको अध्यक्ष श्रेष्ठले जनाउनुभयो ।
कृषिमा आधुनिकीकरणको कार्यक्रम अन्तरगत अघिल्ला वर्षहरुमा पनि तिनाउले हाते ट्याक्टर ...
२१ बैशाख २०८२, आईतवार२१ बैशाख २०८२, आईतवार२१ बैशाख २०८२, आईतवार by Bihani PostNo Comments
बैशाख २१,
हप्ताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ४४ अङ्कले घटेर २ हजार ६ सय २० दशमलव ३९ विन्दुमा झरेको छ ।
आज बैंक, विकास बैंक, होटल, उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर झन्डै डेढ प्रतिशतले ओरालो लागेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बुधवार ९ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ३ सय २२ वटा कम्पनीका २ करोड १९ लाख कित्ता शेयर ९ अर्ब २४ करोड रुपैयाँमा किनबेच भएको छ ।...