बैशाख २१,
हप्ताको पहिलो दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ४४ अङ्कले घटेर २ हजार ६ सय २० दशमलव ३९ विन्दुमा झरेको छ ।
आज बैंक, विकास बैंक, होटल, उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर झन्डै डेढ प्रतिशतले ओरालो लागेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बुधवार ९ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ३ सय २२ वटा कम्पनीका २ करोड १९ लाख कित्ता शेयर ९ अर्ब २४ करोड रुपैयाँमा किनबेच भएको छ ।