तानसेनमा मादल बजाउने कार्यक्रम शुभारम्भ

जेठ १८,
जयराम सापकोटा
तानसेनमा राष्ट्रियलोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति पाल्पा द्वारा आयोजित ७ दिने मादल वजाउने प्रशिक्षण कार्यक्रमको शुभारम्भ भएको छ । तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीको प्रमुख आतिथ्यतामा सुभारम्भ भएको कार्यक्रममा विशिष्ठ अतिथि तथा अतिथिको रुपमा तानपा ६ का वडाध्यक्ष सागरमान महर्जन,राष्टिय स्वतन्त्रपाटीका अध्यक्ष शुमन गैरे, कानुनी सल्लाकार शिवचन्द्र देवकोटा,तानसे नगर पालिका सामुदायीक विकाश शाखा प्रमुख भरत प्रसाद आचार्य, पाल्पा व्यापार संघका वरिष्ट उपाध्यक्ष कमल ढकाल, राष्ट्रियलोक दोहोरी प्रतिष्ठानका सल्लाहाकार जय प्रकाश उप्रेती लगायतको पस्थितिमा तालिमको उदघाटन भएको कार्यक्रमका संयोजक पवन वस्यालले जानकारी दिनुभयो ।

समय सापेक्ष विभिन्न किसिमका सिपमुलक तालिम र प्रशिक्षण दिदै आएको राष्ट्रियलोक तथा दोहोरीगीत प्रतिष्ठानले यहि जेठ १८ गतेवाट २४ गते सम्म ७ दिने तालिम दिनलागेको प्रतिष्ठानका प्रथम उपाध्यक्ष तथा प्रशिक्षक रुपेश कार्कीले जानकारी दिनुभयो । औपचारिक कार्यक्रमवाट शुभारम्भ भएको मादल वजाउने प्रशिक्षणमा आज पहिलो दिन ६ जना पुरुष र २२ जना महिला गरि २८ जना सहभागी रहेका छन् । तालिममा सहभागि मध्ये तानसेन १ कि चित्रकला न्यौपानेले बताउनुहुन्छ “यो मादल बजाउने सिप आफुलाई पहिले देखिनै लिने इच्छा भएको तर अवसर नपाएको बताउदै यो मौका आज लोकदोहोरी प्रतिष्ठानले प्रदान गरेको हुँदा प्रतिस्ठानलाई धन्यबाद दिदै मादल बजाउने आसा जागेको बताउनुभयो ।”

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पाल्पाका अध्यक्ष कमल भट्टराइको अध्यक्षता, प्रतिष्ठानका सदस्य मेघराज (पवन) वस्यालको संयोजन, तालिमका प्रशिक्षक तथा प्रतिष्ठानका उपाध्यक्ष रुपेश कार्कीको स्वागत र सह कोषाध्यक्ष रामकृण्ण कार्कीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज