चैत ३
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा रहेको छ ।
सर्वोच्च अदालतमा तेस्रो दिनसम्म सुनुवाइ भए पनि निर्णय नआएपछि मुद्दा फेरि ‘हेर्दाहेर्दै’मा राखिएको हो । अब यो विषयमा आगामी बिहीबार पुनः सुनुवाइ हुने तय भएको छ ।
निवेदकहरूले मुद्दा संशोधन गर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्यान्वयन रोक्न माग गरेका छन् ।