पाल्पा आवासिय माविमा फुड फेस्टिवल
बैशाख २३,
जिल्लाको संस्थागत विधालयमा पुरानो र स्थापित पाल्पा आवासिय माविले फुड फेस्टिवल कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार आवासियले अतिरिक्त क्रियाकलाप अन्तरगत फुड फेस्टिवल कार्यक्रम गरेको हो ।
कार्यक्रममा बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरुले बिभिन्न खानाका परिकार सहितका स्टलहरू राखेका थिए । स्टलहरुमा पुगेर बिद्यार्थी, अभिभावक, शिक्षक तथा अतिथिहरुले फुड फेस्टिवलमा राखिएका बिभिन्न ३६ प्रकारका खानाका परिकारको स्वाद लिएका थिए । बिद्यालयका प्रिन्सिपल गोपाल बहादुर पिसीले गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा बिशेष जोड दिदै अभिभावकसँग नियमित भेटघाट तथा अन्तरक्रि गर्दै बिद्यालयको शिक्षण क्रियाकलापलाई समय सापेक्ष अगाडि बढाइएको सो कार्यक्रममा बताउनु भएको थियो । त्यस्तै बिद्यालय संचालक समिति सदस्य शंकर प्रसाद शर्माले यस्ता अतिरिक्त क्रियाकलापबाट बिद्यार्थीहरुमा रचनात्मक ज्ञान सीपको...








