रैनादेवीमा भ्रष्टाचार नियन्त्रण र सुशासन अन्तरक्रिया कार्यक्रम
जेठ ०६
पाल्पाको रैनादेवी गाउँपालिकाले भ्रष्टाचार नियन्त्रण र सुशासन अन्तरक्रिया कार्यक्रम गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको आयोजना तथा रैनादेवी छहरा गाउँपालिकाको सहजीकरणमा एक दिने स्थानीय तह स्तरीय अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि प्रशिक्षण दिदै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका अधिकृत मणीराम पौडेलले भ्रष्टाचार नियन्त्रणका विभिन्न विधिहरु, अख्तियारको कार्यशैली, भ्रष्टाचारको प्रवृत्ति, भ्रम, भ्रष्टाचार विरुद्धको कानुनी प्रक्रिया स्पष्ट पार्दै यसको वास्तविकतालाई पनि विस्तृत रुपमा व्याख्या गरेका थिए । तथा कार्यक्रममा उठेका जिज्ञासाहरुको सम्बोधन र अख्तियार भ्रष्टाचार नियन्त्रणका लागि प्रतिबद्ध रहेको समेत स्पष्ट पारेका थिए ।
अन्तरक्रियामा जनप्रतिनिधिहरु, विभिन्न सरकारी विभागका प्रमुखहरु, विद्या...








