जेठ ०५,
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश हुने भएको छ । त्यसका लागि आज दिउँसो एक बजे प्रदेश सभा बैठक बस्ने प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले बताए ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । बैठकले जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गरिएको थियो ।