समाचार

जीर्ण सडकको स्तरोन्नतीमा ध्यान दिने डा. थापाको प्रतिबद्धता

जीर्ण सडकको स्तरोन्नतीमा ध्यान दिने डा. थापाको प्रतिबद्धता

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, विचार, समाचार
फागुन १६, राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पा क्षेत्र नं. २ का उम्मेदवार डा. माधव थापाले लामो समयदेखि जीर्ण अवस्थामा रहेका बगनासकाली भित्रका सडकहरुको स्तरोन्नतीमा आफुले बिशेष ध्यान दिने बताउनुभएको छ । शुक्रवार बगनासकाली गाउँपालिकाभित्रका बिभिन्न वडाहरुमा भेला तथा घरदैलो अभियानका क्रममा डा. थापाले तानसेन, चिलाङ्दी, राम्दी सडक सहित चिलाङ्दी, राम्दी, चिलाङ्दी कोलडाँडा सडकहरुको स्तरोन्नतीमा बिशेष दिने बताउनुभयो । गोर्खेकोट चिलाङ्दी, चिलाङ्दी चापपानी राम्दी सडक बर्षौदेखि जीर्ण अवस्थामा छ । यो बाटो अहिलेसम्म नेताहरुको भाषणमा मात्रै सीमित बनेको छ । ग्रामीण सडकहरु बझादी, तल्लो कोलडाँडा, माथिल्लो कोलडाँडा लगायतका स्थानमा बर्षात्को समयमा गाडी चल्न सक्दैनन् । त्यसैले पनि स्थानीयले उम्मेदवार थापासँग बाटोको स्तरोन्नतीको माग गरेका हुन् । उम्मेदवार डा. थापाले भन्नुभयो–“तपाईको अमुल्य मतको सदैब सम्मान...
सुशासन, आधुनिक कृषि र पर्यटन नै समृद्धिको आधारः उम्मेदवार आचार्य

सुशासन, आधुनिक कृषि र पर्यटन नै समृद्धिको आधारः उम्मेदवार आचार्य

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
फागुन १६, नेकपा (एमाले)का तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद आचार्यले सुशासन, कृषिको आधुनिकीकरण र पर्यटन प्रवद्र्धनलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाउनुभएको छ । उहाँले आफ्ना एजेन्डा पूरा गर्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू र आफ्नो पार्टी नेकपा एमालेले जित्नुपर्ने समेत बताउनुभएको छ । निर्वाचनको मिति नजिकिएसंग चुवानी प्रचार प्रसार अभियानलाई तीव्रता दिनुभएका आचार्यले मदनपोखार, रम्भा र रामपुरका क्षेत्रका मतदतासंग भेटघाटका क्रममा यस्तो बताउनुभएको हो । उम्मेदवार आचार्यले सार्वजनिक सेवालाई प्रविधिमैत्री, पारदर्शी र जवाफदेही बनाउँदै सुशासन कायम गर्ने बताउदै आगामी दिनमा निर्वाचन क्षेत्रका नागरिकसँग प्रत्यक्ष संवाद गर्न ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रममार्फत जनगुनासो सम्बोधन गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचारमुक्त र जनउत्तरदायी ...
मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन आयोगको निर्देशन

मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन आयोगको निर्देशन

Breaking News 1, समाचार
फागुन १६, निर्वाचन आयोग ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । आयोगले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा अपाङ्ग, अशक्त र ज्येष्ठ नागरिक मतदातालाई लक्षित गर्दै आवश्यक स्वास्थ्य सेवा व्यवस्था मिलाउन आह्वान गरेको हो । देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायी समेत) मा मतदान हुँदैछ। आयोगका का अनुसार आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न पत्राचार गरिएको छ । निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले तीन दिन सार्वजनिक बिदा सिफारिस गरेअनुसार सरकारबाट निर्णय भइसकेको छ। साथै, फ...
पाल्पाली जनता अनुभवी र विकासप्रेमी नेताको पक्षमा छन्, भारी मतले विजयी हुन्छु : पाण्डेय

पाल्पाली जनता अनुभवी र विकासप्रेमी नेताको पक्षमा छन्, भारी मतले विजयी हुन्छु : पाण्डेय

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, विचार, समाचार
नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट पाल्पा क्षेत्र नं.२ का उम्मेद्वार सोम प्रसाद पाण्डेयले आफू भारी मतले विजयी हुने बताएका छन् । निर्वाचनको मिति नजिकिदै घरदैलोमा व्यस्त उम्मेद्वार गैरेले मतदाताले अनुभवी र विकासप्रेमी उम्मेदवारलाई जिताउने प्रतिबद्धताका कारण आफू भारी मतका साथ विजयी हुने दावी गरे। बिहीबार तानसेन र बगनासकालीका मतदाताको घरदैलोमा पुगेका उम्मेद्वार पाण्डेयले पाल्पाको विकास र समृद्धिको खाका कोर्न सुरुवात गरेको हुँदा अब आर्थिक समृद्धिका लागि मत दिएर आफूलाई निर्वाचित गराउन मतदाताहरु आतुर रहेको प्रतिक्रिया दिए । “मतदाताका लागि आधारभूत विकास योजनाहरु सुरु भएका छन्। ती सबै योजनाको शुनिश्चितता गरी अब आर्थिक समृद्धितर्फ लाग्न म प्रतिबद्ध छु ।” नेता पाण्डेयले भने । पूर्व मन्त्री समेत रहेका नेता पाण्डेयले युवालाई गाउँमै टिकाउन कृषि र उद्यमशीलता विकास गर्न आफू प्रतिबद्ध रहेको बताए । ने...
रास्वपाको घरदैलो अभियान तीव्र, वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने मतदाताको धारणा

रास्वपाको घरदैलो अभियान तीव्र, वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने मतदाताको धारणा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, लुम्बिनी, समाचार
निराजन पौडेल फागुन १५, पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घरदैलो अभियान दिनप्रतिदिन तीव्र बन्दै गएको छ । हिजो तानसेन बजार क्षेत्र अन्तर्गत विशाल बजार, तेस्रो सडक, बडिज्ञान टोल, नारायणथान, मिभिसेन टोल हुँदै मिसन अस्पताल तानसेन सम्म घरदैलो कार्यक्रम सम्पन्न भएको थियो । अभियानका क्रममा पार्टीका नेता कार्यकर्ताले घरघरमै पुगेर मतदातासँग भेटघाट गरेका थिए । स्थानीय बासिन्दाले विगतमा पुराना राजनीतिक दललाई मत दिए पनि जनताले चाहे अनुसार विकास, सुशासन र रोजगारीका अवसर प्राप्त नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । अधिकांश नागरिकले तानसेन बजारको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको, स्वास्थ्य, शिक्षा तथा युवापलायन जस्ता समस्याबारे गुनासो पोखेका थिए । नेताहरू निर्वाचनपछि जनताबाट टाढा हुने प्रवृत्तिप्रति असन्तोष जनाउँदै अब वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने धारणा धेरैले व्यक्त गर...
सुनको भाउ आज

सुनको भाउ आज

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
सुनको मूल्य आज स्थीर छ । हिजो जस्तै तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँ मा कारोबार भैरहेको छ ।  आइतबार, सोमबार र  मंगलबार सुनको भाउ बढेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा एक सय ३० रुपैयाँले बढेको छ । भाउ बढेर चाँदी आज तोलाको ५ हजार ७ सय १५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
काङ्ग्रेसमा सक्रिय प्रेमको ‘घण्टी’ मोह

काङ्ग्रेसमा सक्रिय प्रेमको ‘घण्टी’ मोह

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, विचार, समाचार
“गाउँमा सबैले उहाँलाई प्रेम सरको नामले चिन्छन् । लामो समयसम्म विद्यालयको प्रधानाध्यापकका रूपमा सेवा गर्नुभएकोले मस्याम क्षेत्रमा उहाँको छुट्टै पहिचान बनेको छ । सामान्य कृषक परिवारमा जन्मनुभएका प्रेमबहादुर राना २०८१ सालमा शिक्षण पेशाबाट अवकाश लिएपछि आफ्ना छोरीहरूलाई भेट्न अमेरिका जानुभएको थियो । केही समय अमेरिका बसाइपछि हालै स्वदेश फर्किनुभएका राना २०५१ सालदेखि नै शिक्षण पेशासँगै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको थियो । २०६१ सालमा स्थायी शिक्षक बनेपछि उहाँले आफ्नो जिम्मेवारीलाई थप गम्भीरतापूर्वक निर्वाह गर्नुभयो । त्यसपछि २०६४ सालदेखि २०८१ सालसम्म लक्ष्मी आधारभूत विद्यालय, तिनाउँ–६ चिदिसमा प्रधानाध्यापकको रूपमा कार्यरत रहँदै विद्यालयको समग्र विकासमा महत्वपूर्ण योगदान दिनुभयो । उहाँको नेतृत्वमा विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र व्यवस्थापन सुधारमा उल्लेखनीय प...
रास्वापाको घरदैलो अभियान रिब्दीकोटमा उत्साहपूर्ण रूपमा सम्पन्न

रास्वापाको घरदैलो अभियान रिब्दीकोटमा उत्साहपूर्ण रूपमा सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
निराजन पौडेल फागुन १२ पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को घरदैलो अभियान हिजो रिब्दीकोट गाउँपालिका का विभिन्न वडामा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । अभियान अन्तर्गत भैरवस्थान, खस्यौली क्षेत्रमा डा. माधव थापा तथा कार्यकर्ताहरूले बस्ती, बस्तीमा पुगेर स्थानीय नागरिकसँग  भेटघाट तथा छलफल गरेका थिए । कार्यक्रमकामा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । नागरिकहरूको उत्साह र सक्रिय सहभागिताले माहोल थप उत्साहजनक बनेको थियो । रास्वापा जिल्ला सभापति विष्णु भण्डारीका अनुसार अधिकांश नागरिकले विगतका राजनीतिक दलप्रति असन्तुष्टि व्यक्त गरेको, आशा गरेअनुसार विकास निर्माण नभएको गुनासो पोखेका थिए । विशेषगरी युवा पुस्ताले रोजगारीको अभाव, वैदेशिक रोजगारीतर्फ बढ्दो निर्भरता तथा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या उठाएका थिए । अब विकल्पको खोजीमा रहेको र नयाँ शक्तिलाई समर्थन गर्न इच्छ...
एमाले शान्ति र स्थायित्वको पक्षमा : अध्यक्ष ओली

एमाले शान्ति र स्थायित्वको पक्षमा : अध्यक्ष ओली

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
फागुन ११, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको बताएका छन् । एक कार्यक्रममा उनले नेसनल भोलेण्टियर फोर्स चुनावका लागि मात्र नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताए । आन्दोलनका नाममा विगतझैँ देशमा अशान्ति फैलाउन र प्रहरीका हतियार खोस्न अब कसैले नसक्ने उनले दावी गरे । उक्त फोर्स राष्ट्र प्रति समर्पित भई प्रहरी प्रशासनलाई सहयोग गर्ने बताए । ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्ने कुरामा जोडदिएका हुन् ।...
डा.माधव थापाको घरदैलो अभियान तीव्र

डा.माधव थापाको घरदैलो अभियान तीव्र

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
निराजन पौडेल फागुन ११, पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.माधव थापाले घरदैलो अभियान तीव्र बनाउनु भएको छ । पालुङ्ग मैनादी, भैरवस्थान र पूर्वखोला दरपुक क्षेत्रमा हिजो सम्पन्न घरदैलो कार्यक्रममा उहाँले मतदातासँग भेटघाट गर्दै आफ्ना योजना तथा एजेन्डाबारे जानकारी गराउनु भएको हो । कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले सडक सुधार, खानेपानीको सहज उपलब्धता र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने माग राखेका थिए । सो अवसरमा डा.थापाले यी सबै विषयलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । घरदैलो कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । यसैबीच, आज भैरवस्थान र खस्यौली क्षेत्रमा घरदैलो कार्यक्रम हुने पार्टी कार्यालयले जनाएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज