पाल्पाली जनता अनुभवी र विकासप्रेमी नेताको पक्षमा छन्, भारी मतले विजयी हुन्छु : पाण्डेय

नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट पाल्पा क्षेत्र नं.२ का उम्मेद्वार सोम प्रसाद पाण्डेयले आफू भारी मतले विजयी हुने बताएका छन् । निर्वाचनको मिति नजिकिदै घरदैलोमा व्यस्त उम्मेद्वार गैरेले मतदाताले अनुभवी र विकासप्रेमी उम्मेदवारलाई जिताउने प्रतिबद्धताका कारण आफू भारी मतका साथ विजयी हुने दावी गरे।

बिहीबार तानसेन र बगनासकालीका मतदाताको घरदैलोमा पुगेका उम्मेद्वार पाण्डेयले पाल्पाको विकास र समृद्धिको खाका कोर्न सुरुवात गरेको हुँदा अब आर्थिक समृद्धिका लागि मत दिएर आफूलाई निर्वाचित गराउन मतदाताहरु आतुर रहेको प्रतिक्रिया दिए । “मतदाताका लागि आधारभूत विकास योजनाहरु सुरु भएका छन्। ती सबै योजनाको शुनिश्चितता गरी अब आर्थिक समृद्धितर्फ लाग्न म प्रतिबद्ध छु ।” नेता पाण्डेयले भने ।

पूर्व मन्त्री समेत रहेका नेता पाण्डेयले युवालाई गाउँमै टिकाउन कृषि र उद्यमशीलता विकास गर्न आफू प्रतिबद्ध रहेको बताए । नेता पाण्डेयले आफू उम्मेद्वार बनेर जनसमुदायका पुग्दा जनस्तरबाट पाएको हौसलाले आफूलाई उत्साह थपिएको उल्लेख गरे ।

कमल अधिकारी

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज