निराजन पौडेल
फागुन १५, पाल्पा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घरदैलो अभियान दिनप्रतिदिन तीव्र बन्दै गएको छ ।
हिजो तानसेन बजार क्षेत्र अन्तर्गत विशाल बजार, तेस्रो सडक, बडिज्ञान टोल, नारायणथान, मिभिसेन टोल हुँदै मिसन अस्पताल तानसेन सम्म घरदैलो कार्यक्रम सम्पन्न भएको थियो । अभियानका क्रममा पार्टीका नेता कार्यकर्ताले घरघरमै पुगेर मतदातासँग भेटघाट गरेका थिए ।
स्थानीय बासिन्दाले विगतमा पुराना राजनीतिक दललाई मत दिए पनि जनताले चाहे अनुसार विकास, सुशासन र रोजगारीका अवसर प्राप्त नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । अधिकांश नागरिकले तानसेन बजारको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको, स्वास्थ्य, शिक्षा तथा युवापलायन जस्ता समस्याबारे गुनासो पोखेका थिए । नेताहरू निर्वाचनपछि जनताबाट टाढा हुने प्रवृत्तिप्रति असन्तोष जनाउँदै अब वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने धारणा धेरैले व्यक्त गरे ।
अभियानका क्रममा डा. माधव थापाले जनताका गुनासा र सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले पारदर्शिता, जवाफदेहिता र परिणाममुखी विकासलाई पार्टीको मुख्य एजेन्डा बनाइएको बताउनुभयो । घरदैलो कार्यक्रममा जनताको उल्लेख्य सहभागिता रहेको थियो ।
जिल्ला सभापति विष्णु भण्डारीका अनुसार घरदैलो अभियानमा वितरण गरिएका प्रचार सामग्री, भेटघाट तथा अन्तरक्रिया कार्यक्रमले ले मतदातामा नयाँ ऊर्जा र चासो सिर्जना गरेको छ ।
यसैबीच, आज बगनासकाली गाउँपालिका का विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरिने पार्टी कार्यालयले जनाएको छ ।