मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन आयोगको निर्देशन

फागुन १६,
निर्वाचन आयोग ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । आयोगले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा अपाङ्ग, अशक्त र ज्येष्ठ नागरिक मतदातालाई लक्षित गर्दै आवश्यक स्वास्थ्य सेवा व्यवस्था मिलाउन आह्वान गरेको हो ।

देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायी समेत) मा मतदान हुँदैछ। आयोगका का अनुसार आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न पत्राचार गरिएको छ ।

निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले तीन दिन सार्वजनिक बिदा सिफारिस गरेअनुसार सरकारबाट निर्णय भइसकेको छ। साथै, फागुन १९ देखि २१ गतेसम्म मतदान केन्द्र रहेका सरकारी संरचना प्रयोग गर्न सम्बन्धित निकायसँग समन्वय गरिएको आयोगले जनाएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज