Author: Bihani Post

एसईई : चार जना निरीक्षक निष्कासित

एसईई : चार जना निरीक्षक निष्कासित

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
चैत ०९ माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन हिजो (शुक्रबार) सुनसरीका दुई परीक्षा केन्द्रबाट चार जना निरीक्षकलाई निष्कासन गरिएको छ । दुहबी नगरपालिका परीक्षा केन्द्र रहेको सरस्वती मा.वि र गढी गाउँपालिका परीक्षा केन्द्र रहेको सरस्वती मा.वि बाट दुई/दुई जना निरीक्षकलाई निष्कासन गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । प्रजिअको नेतृत्वमा गएको टोलीले अनाधिकृत गतिविधि गरेको र विषयगत शिक्षक राखेर चिट चोराएको भेटिएपछि निष्कासन गरिएको जनाएको छ । दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आइन्दा त्रुटि नगर्न सचेत गरिएको छ । परीक्षालाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई विनम्र भएर नियम पालना गर्न प्रजिअले अनुरोध समेत गरेका छन् ।  ...
आज विदेशी विनिमय दर

आज विदेशी विनिमय दर

अर्थ, ब्यापार, शेयर बजार
चैत ०९ नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ८० पैसा र बिक्रीदर १४९ रूपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ६७ पैसा र बिक्रीदर १७८ रूपैयाँ ४५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रूपैयाँ ४६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७३, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९६ रूपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १०३ रूपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । त्यसैगरी जापानी येन १० को खरिददर नौ रूपैयाँ २१ पैसा र बिक्रीदर नौ रूपैयाँ २५ पैसा, चि...
आज को मौसम

आज को मौसम

कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार
चैत ०९ हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू लगायत बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।...
आज को मौसम

आज को मौसम

कोशी प्रदेश, ट्रेन्डिङ, मधेस प्रदेश, लुम्बिनी, समाचार
चैत ०८ हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी, लुम्बिनी, मधेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लोकतन्त्रको पक्षमा देशैभर जनप्रदर्शन गर्ने एमालेको घोषणा

लोकतन्त्रको पक्षमा देशैभर जनप्रदर्शन गर्ने एमालेको घोषणा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
चैत ०८ नेकपा (एमाले) ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनचेतनाका लागि देशव्यापी जनप्रदर्शन गर्ने घोषणा गरेको छ ।  मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न भन्दै एमालेले जनचेतना अभियान घोषणा गरेको हो । तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गते देखि ३० गते सम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनचेतना कार्यक्रम आयोजना गर्ने भएको छ । महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।...
विपिनको रिहाइको लागि पहल गरिदिन टर्कीका राष्ट्रपतिसँग प्रधानमन्त्रीको आग्रह

विपिनको रिहाइको लागि पहल गरिदिन टर्कीका राष्ट्रपतिसँग प्रधानमन्त्रीको आग्रह

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
चैत०८ प्रधानमन्त्री केपी शर्मा ओलीले टर्कीका राष्ट्रपति लाई टेलिफोन गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि कुटनीतिक प्रयत्न गरिदिन आग्रह गरेका छन । हिजो प्रधानमन्त्री ओलीले उनलाई टेलिफोन गरेर अनुरोध गरेका हुन् । जवाफमा टर्कीका राष्ट्रपतिले यस विषयलाई आफूले गम्भीर रुपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जोशीको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्री ओलीले गएको फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोनमा कुराकानी गरेका थिए । टेलिफोन वार्ताका क्रममा आउँदो अप्रिलमा टर्कीमा हुने कूटनीति सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराएका थिए ।...
जटिल रोगको उपचारका लागि बीमाको विकल्प खोज्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

जटिल रोगको उपचारका लागि बीमाको विकल्प खोज्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार, स्वास्थ्य
चैत ०८ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बीमाको दायरा पाँच लाख पुर्‍याए पनि ठूला रोगको उपचारमा विकल्प खोज्नुपर्ने अवस्था रहेको बताएका छन् । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले स्टोकलगायत ठूला रोगको औषधि महँगो हुने भन्दै उपचारमा बीमा बाहेकको विकल्प खोज्नुपर्नेमा जोड दिए । स्वास्थ्यमन्त्री पौडेलले ठूला रोगको उपचार समयमा पाउन नसक्दा बिरामीको अङ्गभङ्ग वा मृत्यु समेत हुनसक्ने भन्दै उनले समयमा उपचार पाउन नसकेर मृत्यु भएको मृतकका परिवार थुप्रै समस्या लिएर मन्त्रालयमा आउने गरेको बताउदै राज्यले स्वास्थ्य सेवाका लागि उपयुक्त विधि र स्रोतको व्यवस्था नगरेकाले स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न कठिन भएको बताए । नेपाली जनतालाई स्वास्थ्य सुविधा दिन बीमा नै एक मात्र विकल्प भएकाले बीमालाई व्यवस्थित गर्न आफूले काम गरी रहेको उनको भनाई छ । कार्यक्रममा...
सलमानको सिकिन्दरको रन टाइम आउदै

सलमानको सिकिन्दरको रन टाइम आउदै

ताजा अपडेट, मनोरञ्जन
चैत ०८ अब केही दिन मात्र पर्खनुहोस्, त्यसपछि जताततै सलमान खानको ‘सिकन्दर’को नाम सुनिने छ । सलमान खानले आफ्नो फिल्म इदको अवसरमा यो फिल्म रिलिज गर्न लागेका हुन् । आधिकारिक घोषणा हुन बाँकी छ तर फिल्म मार्च ३० मा रिलिज हुने बताइएको छ । अब यो फिल्मको रन टाइमसँग जोडिएको खबर पनि बाहिर आएको छ ।पिंकभिलासँग कुरा गर्दै फिल्मका निर्देशक एआर मुरुगादासले यो फिल्मको सम्पादन सकिएको र हाल यो फिल्मको रन टाइम २ घण्टा २० मिनेट रहेको बताए । पहिलो हाफ १ घण्टा १५ मिनेटको र दोस्रो हाफ १ घण्टा ५ मिनेटको हुनेछ। तर, सेन्सर बोर्डको नजिक गए पछि रन टाइममा परिवर्तन पनि देखिन सक्छ । निर्माण पक्षले केही दिनमा यो चलचित्रलाई प्रमाणीकरणका लागि सेन्सर बोर्डमा पठाउने भएको छ, त्यसपछि चलचित्रले सर्टिफिकेट पाउने छ र बोर्डले चलचित्रमा कुनै परिवर्तन गरेको छ वा छैन भन्ने पनि थाहा हुनेछ । मुरुगादासले पनि ट्रेलर मार्फत पहिलो दिन र...
काभा भलिबलको दोस्रो संस्करण पनि नेपालमा नै हुने

काभा भलिबलको दोस्रो संस्करण पनि नेपालमा नै हुने

खेलकुद, समाचार
चैत ०८ सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का महिला नेसन्स लिग लगातार दोस्रो वर्ष पनि नेपालले आयोजना गर्ने भएको छ । काभाले हालै सार्वजनिक गरेको वार्षिक क्यालेन्डर अनुसार प्रतियोगिता आगामी अक्टोबर ११ देखि १७ सम्म, काठमाडौंमा हुनेछ। नेपालले गत वर्ष पनि यो प्रतियोगिता आयोजना गरेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । अहिले फेरी नेपालले काभा महिला च्याम्पियन्स लिग–२०२५ आयोजना गर्ने जिम्मेवारी पुनः प्राप्त गरेको हो । यो प्रतियोगिता डिसेम्बर ७ देखि १४ सम्म हुनेछ । नेपालले यसअघि सन् २०२४ मा महिला च्यालेन्ज कप तथा गत वर्ष पुरुष क्लब च्याम्पियनसिप आयोजना गरेको थियो ।...
नेप्से १२.३८ अंक घट्यो

नेप्से १२.३८ अंक घट्यो

अर्थ, ब्यापार
चैत ०७ साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसूचक १२.३८ अंक घटेर २६६९ अंकमा बन्द भएको छ। यस दिन कारोबार रकम पनि कम भएको छ। अघिल्लो दिन ५ अर्ब १४ करोडको कारोबार भएकोमा आजको कारोबार ४ अर्ब ५६ करोड रुपैयाँको मात्र भएको छ। यस दिनको कारोबारमा २५ प्रतिशत कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ कम्पनीको मूल्य घटेको छ। ६२ कम्पनीको मूल्य वृद्धि भएको छ भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। फाइनान्स सेक्टर सबैभन्दा बढी १.२६ प्रतिशत घट्यो, त्यसपछि बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन, माइक्रोफाइनन्स, निर्जीवन बीमा र अन्य क्षेत्रहरूमा पनि गिरावट देखा परेको छ। यो दिनका सबैभन्दा प्रमुख बढेका कम्पनीहरूको सूचीमा दोल्ती पावरको सेयर मूल्य ७.५ प्रतिशतले वृद्धि भएको छ। यसका अतिरिक्त, एसियन हाइड्रोपावर ५.४ प्रतिशत, सिन्धु विकास बैंक ४.९ प्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज