विपिनको रिहाइको लागि पहल गरिदिन टर्कीका राष्ट्रपतिसँग प्रधानमन्त्रीको आग्रह

चैत०८
प्रधानमन्त्री केपी शर्मा ओलीले टर्कीका राष्ट्रपति लाई टेलिफोन गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि कुटनीतिक प्रयत्न गरिदिन आग्रह गरेका छन । हिजो प्रधानमन्त्री ओलीले उनलाई टेलिफोन गरेर अनुरोध गरेका हुन् । जवाफमा टर्कीका राष्ट्रपतिले यस विषयलाई आफूले गम्भीर रुपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जोशीको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्री ओलीले गएको फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोनमा कुराकानी गरेका थिए । टेलिफोन वार्ताका क्रममा आउँदो अप्रिलमा टर्कीमा हुने कूटनीति सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति रेकेपले स्मरण गराएका थिए ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज