चैत ०९
माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन हिजो (शुक्रबार) सुनसरीका दुई परीक्षा केन्द्रबाट चार जना निरीक्षकलाई निष्कासन गरिएको छ । दुहबी नगरपालिका परीक्षा केन्द्र रहेको सरस्वती मा.वि र गढी गाउँपालिका परीक्षा केन्द्र रहेको सरस्वती मा.वि बाट दुई/दुई जना निरीक्षकलाई निष्कासन गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।
प्रजिअको नेतृत्वमा गएको टोलीले अनाधिकृत गतिविधि गरेको र विषयगत शिक्षक राखेर चिट चोराएको भेटिएपछि निष्कासन गरिएको जनाएको छ । दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आइन्दा त्रुटि नगर्न सचेत गरिएको छ । परीक्षालाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई विनम्र भएर नियम पालना गर्न प्रजिअले अनुरोध समेत गरेका छन् ।