Author: Bihani Post

भारतीय अभिनेत्री नोरा फतेहीको काठमाण्डौमा प्रस्तुति

भारतीय अभिनेत्री नोरा फतेहीको काठमाण्डौमा प्रस्तुति

मनोरञ्जन
जेठ ०४, भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाली कलाकारहरूसँगै काठमाण्डौमा प्रस्तुति दिएकी छन् । नोरासँगै नेपाली कलाकारहरू दुर्गेश थापा, तेरिया फौजामगर, समर्पण लामा, प्रोसेस पाण्डे लगायतको प्रस्तुतिले हायात होटलको मैदान रौनकमय बन्यो । नोराले आफ्नो टोलीसँगै नाचेर दर्शकहरूलाई पनि नचाएकी छन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना भएको ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा उनले विभिन्न बलिउड गीतमा कम्मर मर्काएर नाचेकी हुन् । उनी यूएईबाट हिजो नेपाल आएकी हुन् । उनको नृत्य टोलीमा रहेका अन्य २३ सदस्य अस्ति नै नेपाल आइसकेका थिए ।...
सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो

अर्थ, ब्यापार, समाचार
जेठ ०४, सुनको भाउ आज तोलामा छ सय रुपैयाँ घटेर आज सुनको भाउ तोलाको एक लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  
फेरी परे रोनाल्डो धेरै कमाउने खेलाडीको सूचीमा

फेरी परे रोनाल्डो धेरै कमाउने खेलाडीको सूचीमा

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, शिक्षा, समाचार
जेठ ०४, पोर्चुगलका कप्तान तथा अल नासरका खेलाडी क्रिस्टियानो रोनाल्डो लगातार तेस्रो वर्ष सर्वाधिक कमाउने खेलाडी बनेका छन् । फोर्ब्सले शुक्रबार सार्वजनिक गरेको धेरै कमाउने खेलाडीको सूचनामा रोनाल्डो अगाडि रहेका हुन् । रोनाल्डोले यो वर्ष आफ्नो आम्दानी १५ मिलियन बढाएर २७५ मिलियन अमेरिकी डलर पुर्‍याएका छन् । यसपटक बास्केटबल स्टार स्टेफन करी दोस्रो स्थानमा उक्लिएका छन् । बेलायती बक्सर टाइसन फ्युरी तेस्रो र मेसी पाँचौँ स्थानमा झरेका छन् । ४० वर्षको उमेर पनि रोनाल्डो मैदानभित्र र बाहिर सक्रिय छन् । रोनाल्डो पछिल्लो दुई वर्षदेखि साउदी प्रो लिग क्लब अल नासरमा आबद्ध छन् । उनको मुख्य कमाइको स्रोत नासरबाट प्राप्त गर्ने पारिश्रमिक र सम्झौता रकम हो । उनले सोसल मिडियाबाट राम्रै आम्दानी गरेका छन् । यसैकारण उनी लगातार तेस्रोपटक पनि सर्वाधिक कमाउने खेलाडी बनेका छन् । सन् २०२३ मा इंग्लिस क्लब म्यानचेस्ट...
आँधी तुफानका कारण अमेरिकामा कम्तीमा २५ जनाको ज्यान गयो

आँधी तुफानका कारण अमेरिकामा कम्तीमा २५ जनाको ज्यान गयो

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट
जेठ ०४, अमेरिकाको दुई राज्यहरूमा आँधीतुफानका कारण कम्तीमा २५ जनाको ज्यान गएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ । केन्टकी राज्यका अधिकारीहरूका अनुसार त्यहाँ अहिलेसम्म १८ जनाको ज्यान गएको छ भने मिसौरीमा सात जनाको ज्यान गएको पुष्टि भएको समाचारमा जनाइएको छ । अधिकारीहरूले ज्यान जानेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् । मिसौरीका अधिकारीहरूका अनुसार झन्डै पाँच हजार भवनहरूमा क्षति पुगेको छ । धेरैको छाना उडेको छ र विद्युत् लाइनहरू ढलेका छन् । केन्टकी र मिसौरीमा झन्डै एक लाख ४० हजार घरधुरीहरूमा विद्युत् सेवा अवरुद्ध भएको छ । सेंट लुइसका अधिकारीहरूले सबैभन्दा बढी क्षति भएका क्षेत्रमा घर–घरमा गएर खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् । सबैभन्दा बढी क्षति भएका दुई क्षेत्रहरूमा दुर्घटना रोक्न र चोरी नियन्त्रण गर्न राति ९ बजेबाट बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको छ । -एजेन्सी...
जीप पुग्दा स्थानीयबासीमा छायो खुशीयाली

जीप पुग्दा स्थानीयबासीमा छायो खुशीयाली

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, विचार, समाचार
जेठ ०४, पाल्पाको बहादुरपुरको माथिल्लो बेतेनीमा पहिलो पटक जीप पुगेको छ । गाउँमा पहिलोपटक जीप पुगेपछि माथागढी गाउपालिका–८ बहादुरपुर माथिल्लो बेतेनी गाउँका स्थानीयबासीहरुमा खुशीयाली छाएको छ । बाघमारा बेतेनी मोटरबाटो उपभोक्ता समितिले चालु आर्थिक बर्ष २०८१र०८२ का लागि माथागढी गाउँपालिकाले बिनियोजन गरेको रु १० लाख बजेटबाट गाउँमा बाटो पु¥याएको हो । यहाँ कच्ची मोटरबाटो निर्माण कार्य सम्पन्न भएपश्चात गत सातादेखि जीप चल्न थालेको छ । वर्षौको प्रतिक्षापछि गाउँमा जीप पुगेपछि स्थानीयले आपसमा खुशीयाली साटेका छन् । मोटरबाटो निर्मांणका लागि आर्थिक वर्ष २०७९/०८० मा माथागढी गाउँपालिकाबाट रु १० लाख, २०८०/०८१ मा माथागढी गाउँपालिकाबाट १० लाख र प्रदेश सरकारबाट १० लाख बिनियोजन भई काम भएको थियो । त्यस्तै चालु आर्थिक वर्षमा यो बाटोका लागि माथागढी गाउँपालिकाले १० लाख रुपैयाँ बिनियोजन गरी काम गरेको गाउँपालिका अध्...
रोजगार संवाद कार्यक्रम सम्पन्न

रोजगार संवाद कार्यक्रम सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, लुम्बिनी, विचार, समाचार
बैशाख २७, रोजगार सेवा केन्द्रको आयोजना , स्थानीय तहमा रोजगारीको अवस्था र आगामी रोजगार रणनीति निर्माण गर्ने उद्देश्यले बागलुङको बरेङ गाउँपालिकामा रोजगार संवाद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमा सुचिकृत बेरोजगारहरुलाई विभिन्न सिपमुलक तालिम दिइने, निर्माण व्यवसायीसंग समन्वय गरी रोजगारी सिर्जना गर्ने, निःशुल्क र उचित बाँझो जग्गा लिजमा लिई उत्पादनमा जोड्दै रोजगार सिर्जना गर्ने, गाउँपालिकाका विभिन्न वनमा पाइने जडिबुटिको संकलन, प्रशोधनका लागि वनसङ्ग साझेदारी गरी रोजगार सिर्जना तथा बजारीकरण गरी राजश्व वृद्धि गर्ने, जस्ता महत्वपुर्ण निर्णय भएका छन् । कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ पालिकाका अध्यक्ष, रोजगार संयोजक र सव–इन्जिनियरले दिएका थिए । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न छलफल तथा अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, क...
अभिभावक विहिन बालबालिकालाई शैक्षिक भत्ता

अभिभावक विहिन बालबालिकालाई शैक्षिक भत्ता

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
बैशाख २७, समाजमा अभिभावक विहिन बालबालिकाहरुलाई बगनासकाली गाउपालिकाले भत्ता वितरण गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच १० जना बालबालिकालाई शैक्षिक प्रोत्साहन स्वरुप मासिक १ हजार रुपैंयाका दरले जनही १२ हजार रुपैंया प्रदान गरेको हो । कार्यक्रमामा पालिका अध्यक्ष चिदीले लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री घोषणा भएदेखि नै गाउँपालिकाले अभिभावक विहीन बालबालिकालाई प्रोत्साहन भत्ता प्रदान गर्दै आएको बताउँदै भत्ता रकम आमाबुवा गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक वञ्चितीकरणमा परेका १८ वर्षमुनिका बालबालिकालाई वितरण गर्दै आएको स्पष्ट पार्नुभयो । गाउँपालिकाले अतिविपन्न एवम् गरिवीका कारण आफ्ना बालबालिका विद्यालय पठाउन नसक्ने परिवारलाई आयमूलक कार्यमा समेत सहयोग गर्ने नीति लिएको जनाएको छ । गरिब, असहाय, अनाथ बालबालिकाको सबै किसिमको अधिकार तथा सेवा सुविधाको लागि पालिकाले बजेटको सुनिश्चितता गर्दै आए...
आजको मौसम

आजको मौसम

Breaking News 2, समाचार
बैशाख २६, हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने छ ।...
रिब्दीकोट गाउँपालिकामा एक दिने प्रशिक्षण

रिब्दीकोट गाउँपालिकामा एक दिने प्रशिक्षण

लुम्बिनी, विचार, समाचार
बैशाख २६, रिब्दीकोट गाउँपालिकामा जनपतिनिधि र कर्मचारीलाई स्थानीय तहमा कानुन तर्जुमा सम्बन्धि एकदिने प्रशिक्षण दिइएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय राप्ती उपत्यका देउखुरी, नेपालको आयोजना एवं रिब्दीकोट गाउँपालिकाको समन्वयमा एक दिने प्रशिक्षण कार्यक्रम समपन्न भएको हो। कार्यक्रममा मन्त्रालयका उपसचिव कृष्णप्रसाद नेपालले विधेयक तर्जुमा संरचना र ढाचा, राजपत्र सम्पादन तथा प्रकाशन सम्बन्धी सैद्धान्तिक विषयमा प्रशिक्षण दिएका थिए। मन्त्रालयका कानुन अधिकृत धन बहादुर थापाले स्थानीय तहमा कानुन निर्माणका आधार र विचार गर्नुपर्ने कुराहरु तथा प्रत्यायोजित व्यवस्थापन सम्बन्धी सैद्धान्तिक विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले प्रदेश सरकारले स्थानीय तहमा आएर कानुन समबन्धी जानकारी दिएपछि नीतिगत रुपमा हुने समस्याहरु समाधानमा टेवा पुगने विश्वास व्...
टिपर दुर्घटना हुँदा चालकको मृत्यु

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

समाचार
बैशाख २६, बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ क २५१७ नम्बरको टिपर बिहिबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सियारी गाउँपालिका –२ का २६ वर्षीय प्रभाकर यादव रहेको प्रहरीले जनाएको छ । प्रहरी अनुसार सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा ड्याम साइड नजिकै खाली टिपरअचानक अनियन्त्रीत भई दुर्घटना भएको हो । गम्भीर घाइते भएका चालकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज