ताजा अपडेट

विधार्थीलाई निःशुल्क चस्मा वितरण

विधार्थीलाई निःशुल्क चस्मा वितरण

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार, स्वास्थ्य
असार ६, पाल्पाको रामपुर नगरपालिकाले नगरभित्र रहेका आवासीय विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क चस्मा वितरण गरेको छ । कालिगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर रामपुरले रामपुर नगरपालिका र सेवा फाउण्डेशनको आर्थिक सहयोगमा निःशुल्क चस्मा वितरण गरेको हो । सामुदायिक विद्यालयका लागि विभिन्न सरकारी बजेट आए पनि संस्थागत विद्यालयका लागि नआउने भएकाले विद्यार्थीहरुको स्वास्थ्य सुविधाका लागि निःशुल्क आँखा जाँच तथा चस्मा वितरण गरिएको नगर प्रमूख रमण बहादुर थापाले बताए । मानिसको सबै भन्दा संवेदनशिल  आँखा भएकाले यसको सुरक्षा र हेरचाहमा ध्यान दिन विद्यार्थीहरुलाई उनले आग्रह समेत गरेका हुन् । कार्यक्रममा रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय र भूपू सैनिक राईजिङ ईङ्गलिस बोर्डिङ स्कुलका १ सय १८ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा वितरण गरिएको हो । कालिगण्डकी आँखा उपचार तथा सर्जिकल सेन्टर सहयोग समितिका...
बाग्लुङमा कृषि उत्पादनलाई विशेष जोड

बाग्लुङमा कृषि उत्पादनलाई विशेष जोड

ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, लुम्बिनी, समाचार
असार ६, बागलुङ जिल्लाको गलकोट नगरपालिकाले नगरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने भएको छ । बिहीबार गलकोटनगरप्रमूखले गलकोट नगरपालिकामा आवश्यक कृषि उत्पादनहरु पालिका भित्रै उत्पादन गर्ने र आत्मनिर्भर बनाउने योजना सहित आर्थिक वर्ष २०८२र०८३ को नीति कार्यक्रम सार्वजनिक बताए गरे । उनले त्यसकालागि किसानलाई उत्पादनको आधारमा अनुदान दिने बताए । गलकोट नगरपालिका नगरसभाको बिहीबारबाट सुरु भएको १७ औँ अधिवेसनमा उत्पादन कृषकको, प्रोत्साहन नगरको नारा सहित व्यवसायिक कृषि, मौरीपालन व्यवसाय, उद्योग सञ्चालन गरेका व्यवसायीलाई उत्पादनको दायरा, परिमाण क्षेत्रफल लगायतका आधारलाई मापदण्ड बनाएर उत्पादनमा आधारित प्रोत्साहन रकम प्रदान गर्ने उल्लेख छ । नगरप्रमुखले आर्थिक विकासको मुख्य आधार कृषिलाई मान्दै कृषिमा आधुनिकीकरण सहितको व्यवसायीकरण, खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूति सहितको उद्देश्यमा दीगो व्यवसायिक विस...
सम्मान तथा पुरस्कार अर्पण समारोह सम्पन्न

सम्मान तथा पुरस्कार अर्पण समारोह सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार ३, धातानन्द शर्मा गैरे । तानसेन नगर प्रज्ञा प्रतिष्ठानले एक समारोहको आयोजना गरी वरिष्ठ समाजसेवी, तानसेनकी चर्चित ढाका उद्यमी पूर्णमाया महर्जनलाई दीर्घसेवा सम्मान तथा चर्चित उपन्यास ‘सावर्णि’का लेखक डा.श्रीधर खनाललाई उत्कृष्ट कृति पुरस्कारले सम्मान गरेको छ । दुवै व्यक्तित्त्वलाई माला, पदक, दोसल्ला, उपहार र नगद जनही रु ६८ हजार अर्पण गरी सम्मान गरिएको हो ।समारोहमा डा.शंकरप्रसाद गैरेले सम्मानित व्यक्तित्त्व पूर्णमाया महर्जनको व्यक्तित्त्व र योगदानको परिचय प्रस्तुत गर्दै २०१५ सालमा उहाँको परिवारले स्थापना गरेको ढाका उद्योगले पाल्पाको पहिचानलाई देशविदेश पु¥याउन सहयोग पुगेको, धेरैलाई रोजगारी प्रदान गरेको भन्दै उहाँको विशिष्ठ समाजसेवाबारे चर्चा गर्नुभयो । त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख डा.टंकप्रसाद पंथले अर्का सम्मानित व्यक्तित्त्व डा.श्रीधर खनालको परिचय प्रस्तुत गर्ने क्रममा उहाँ चि...
इजरायमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने इरानको चेतावनी

इजरायमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने इरानको चेतावनी

ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असार ३, तेहरानमा इजरायली हवाई आक्रमणपछि इरानले इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमणको चेतावनी दिएको छ । इरान–इजरायलबीचको द्वन्द्व झन बढ्दै गएको छ । इजरायलले तेहरानमा नयाँ हवाई आक्रमण गरेपछि इरानी पक्षले इजरायललाई चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् । इजरायली आक्रमणमा इरानमा ज्यान गुमाउनेको सङ्ख्या दुई सयभन्दा धेरै पुगेको छ ।  ...
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
असार २, नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । निगमका अनुसार, पेट्रोलमा लिटरको एक रुपैयाँले तथा डिजेल र मट्टीतेलमा लिटरको दुई रुपैयाँले भाउ बढेको हो ।    

सापकोटा कल्याण केन्द्र पाल्पा शाखाको बैठक सम्पन्न

ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ ३१, जयराम सापकोटा । सापकोटा कल्याण केन्द्र पाल्पा शाखाको वैठक सम्पन्न भएको छ । कल्याण केन्द्र पाल्पा शाखाका अध्यक्ष मोहन प्रसाद सापकोटाको शभापतित्वमा सम्पन्न वैठकमा अध्यक्ष सापकोटाले प्रदेश समितिले राखेको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रममा भए गरेका गतिविधि र निर्णयहरु सुनाउदै अब देखि प्रत्येक जिल्ला समितिले आ(आफ्ना जिल्लाका सापकोटा बन्दुहरु मध्ये वंशावलिमा नाम छुटेका पुरुषहरुको नाम टिपाउने, नाम अशुध्द भए सच्याउनका लागी फम भर्ने र यस वर्ष देखि वंशावलीको नाम संकलन गर्दा पुरुषको मात्र नभई महिलाहरुमध्ये फुपु,दिदी,वहिनी/श्रीमति,छोरा,छोरी र वुहारी समेतको नाम संकलन गरि पठाउनु पर्ने निर्णय भएको र तत्कालै सो अनुसार नाम टिपोट गरि पठाउन जानकारी गराउनु भएको थियो । वैठकमा कोषाध्यक्ष मोती सापकोटाले सापकोटा कल्याण केन्द्र देवघाट द्वारा प्रकासित क्यालेन्डर उपस्थित जिल्लाकार्य समिति सदस्यहरुलाई व...
टोल विकास संस्थाको साधारणसभा सम्पन्न

टोल विकास संस्थाको साधारणसभा सम्पन्न

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जेठ ३१, जयराम सापकोटा । तानसेन नगरपालिका १-स्थित खल्लुखधारा टोल विकास संस्थाको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष सुनिल कुमार वस्यालको उपस्थिति रहेको कार्यक्रममा वडा सदस्य रामप्रसाद भट्टराई, कार्यपालिका सदस्यहरू लक्ष्मी शर्मा र मन्जु विक, टोल विकास संस्था समन्वय समिति अध्यक्ष विजय प्रकाश आले तथा सचिव जयराम सापकोटा लगायत अन्य विशिष्ट अतिथि सहभागी रहेको थिए । कार्यक्रममा संस्थाकी अध्यक्ष अमृता दर्नालले आफ्नो चारवर्षे कार्यकालको वार्षिक प्रतिवेदन पेश गर्दै यो खल्लुखधारा टोल विकास संस्था गठन गर्दा कैयौ चुनौतीका बिच२०७८ सालमा तानसेन नगरपालिकामा २२औँ टोल विकास संस्थाको रुपमा दर्ता भएको जानकारि गराउँदै २२ वटा टोल संस्था मध्ये आफुहरु कान्छो टोल संस्था भए पनि छोटो समयमा संस्थाले ६२ वटा नियमित वैठक र ८ वटा आकस्मिक वैठक सम्पन्न गर्दै स...
आजको मौसम

आजको मौसम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट
जेठ ३१, हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ । आज कोशी प्रदेशको थोरै स्थानहरूमा तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’

‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
जेठ ३०, भारतमा भएको भयानक जहाज दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ । अहमदावादमा बिहीबार भएको एयर इसण्डयाको एआई–१७१ जहाज दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै पुनः एकपटक सोच्न बाध्य पारेको छ । अन्तर्राष्ट्रिय उड्डयन क्षेत्र र हवाई सुरक्षाबारे झस्काएको छ । जहाजले धावनमार्ग छाडेको केही क्षणमै जमिनमा बजारिएर दुर्घटनाग्रस्त भएको थियो । जहाजमा सवार चालक दलका सदस्यसहित २०० बढी यात्रीको निधन भएको स्थानीय प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन् । दुर्घटनामा २० देखि २५ स्थानीय मानिसको समेत ज्यान गएको आशङ्का गरिएको छ । बोइङ ७८७ ड्रिमलाइनर दुर्घटनाका कारण नागरिक उड्डयन क्षेत्रले एक भयानक क्षति बेहोर्नुपर्‍यो । एउटा दुर्घटनाका कारण आफन्त गुमाउने परिवारमा जीवनभरका लागि बज्रपात पर्छ । त्यसबाहेक जहाज सञ्चालन गरिरहेको कम्पनी, जहाज निर्मा...
आज सुनको भाउ तोलामा १ हजार ६ सय रुपौयाले बढ्यो

आज सुनको भाउ तोलामा १ हजार ६ सय रुपौयाले बढ्यो

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
जेठ २९, सुनको भाउ आज एक हजार छ सय रुपैयाँले बढेको छ । सुन आज तोलाको एक लाख ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार तीन सय रुपैयाँ थियो ।
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज