ताजा अपडेट

फेसबुक मोनेटाइजेसनका लागि नेपाल पनि योग्य

फेसबुक मोनेटाइजेसनका लागि नेपाल पनि योग्य

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ १८, सामाजिक सञ्जाल फेसबुकले कन्टेन्ट मोनेटाइजेसन सुविधा नेपालका प्रयोगकर्तालाई पनि उपलब्ध गराउने भएको छ। फेसबुकले एडमार्फत आम्दानी गर्न सकिने कन्टेन्ट मोनेटाइजेसनका लागि नेपाललाई योग्य देशको सूचीमा समावेश गरेको हो। यसअघि नेपाल यो सूचीमा परेका थिएन। अबदेखि नेपाली प्रयोगकर्ताले फेसबुकमा पोस्ट गरिने पब्लिक भिडिओ, रिल, फोटो, टेक्स्ट पोस्ट र स्टोरी८८मार्फत पनि आम्दानी गर्न सक्नेछन्। फेसबुकले यसअघि चलाउँदै आएको ‘परफमेन्स बोनस प्रोग्राम’ भने (अगस्ट ३१) बाट बन्द गरिएको छ। सो प्रोग्रामलाई बन्द गरी नयाँ प्रणाली ल्याइएको छ जसमा क्रिएटरहरूले सहभागी भएर आम्दानी गर्न सक्नेछन्। कम्पनीका अनुसार हालसम्म (१० लाख क्रिएटरलाई बीटा संस्करण) मा सहभागी गराइसकिएको छ भने आगामी महिनाहरूमा अझ धेरैलाई निमन्त्रणा गरिनेछ। यस सुविधामा सहभागी हुन क्रिएटरहरूले आफ्नो (प्रोफेसनल ड्यासबोर्डमा मोनेटाइजेसन ट्या...
आजको मौसम

आजको मौसम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ १७, मौसम पूर्वानुमान अनुसार आज देशभर सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा अन्य पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेको छ, जसका कारण देशभर मनसुनी प्रभाव सामान्य देखिएको छ ।  ...
साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

खेलकुद, ताजा अपडेट, समाचार
भदौ १४, नेपाललाई हराउँदै भारतले एक खेलअगावै भुटानमा चलिरहेको साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपको उपाधि जितेको छ । हिजो बेलुका भएको खेलमा नेपाल भारतसँग ५ गोलले पराजित भयो ।  
आजको मौसम

आजको मौसम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ १४, मौसम पूर्वानुमान महाशाखाका अनुराार आज देशभर मौसम साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई र पहाडी भू-भागका केही स्थान, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थान तथा तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिण तथा पश्चिम आसपास छ।...
सुटकेसमा शव, एक जना पक्राउ

सुटकेसमा शव, एक जना पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ ९, रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि बस्ने २६ वर्षीया रूवीकुमारी साहको शव सुटकेसमा फेला परेको घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाको परिचय खुलाइएको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तिजको दर खादा ध्यान पुर्याउ यस्ता कुरामा

तिजको दर खादा ध्यान पुर्याउ यस्ता कुरामा

ताजा अपडेट, समाचार
भदौ ८, हिन्दू महिलाको महत्त्वपूर्ण चाड तीजको रौनक छ ।  तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ । तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने चलन छ । तर, हिजोआज तीज आउनुभन्दा हप्तौँ अघिदेखि दर खाने र खुवाउने कार्यक्रम भइरहेका हुन्छन् । आजभोली दर कार्यक्रममा सात्विक तथा तामसिक भोजन समावेश हुन्छन् । दरका नाममा मादक पदार्थको प्रयोग तथा खानाको अति प्रयोगले व्यक्तिको शारीरिक स्वास्थ्यमा त असर पुर्‍याउँछ नै, सामाजिक स्वास्थ्य समेत खलबलिन्छ । दरका नाममा धेरै खानु वा भारी खानु अनावश्यक मात्र होइन, घातक पनि हुन सक्छ । त्यसैले दर खाँदा ध्यान पुर्‍याउनुपर्छ । धेरै नखाने नेपाली उखान नै छ, ‘धेरै खाए मल, थोरै खाए बल’ । हिजोआज महिनादिन अघिदेखि नै खाइने तीजको दरको सन्दर्भमा यो उखान सान्दर्भिक हुन्छ । सकेसम्म महिनादिन अघिदेखि दर नखाएकै राम्रो । खाए पनि शरीरलाई असर नपुग्ने गरी खान...
पाल्पामा २५५ जनामा डेङ्गु संक्रमण

पाल्पामा २५५ जनामा डेङ्गु संक्रमण

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
भदौ ८, पाल्पामा यस वर्ष हालसम्म २५५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। सबैभन्दा धेरै साउन र भदौ महिनामा बिरामी बढेका हुन्। संक्रमितमध्ये १८५ जना पाल्पा भित्रका रहेका छन् भने बाँकी बाहिरी जिल्लाबाट आएका हुन्। लुम्बिनी प्रदेशमै पाल्पामा सबैभन्दा धेरै डेङ्गुका बिरामी देखिएका छन्। अन्य जिल्लामध्ये रूपन्देहीमा ८६, दाङमा ६८, गुल्मीमा ५३ र बाँकेमा ३४ जनामा संक्रमण पुष्टि भएको छ। एडिस एजिप्टाइ लामखुट्टेको टोकाइबाट सर्ने यो रोग वर्षायाममा बढी फैलिने गरेको छ। ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भए पनि संक्रमणमा कमी आउन सकेको छैन। चिकित्सकहरूले लामखुट्टेको टोकाइबाट बच्न सरसफाइमा ध्यान दिन र सचेत रहन सुझाव दिएका छन्। गत वर्ष पाल्पामा ४६४ जनामा डेङ्गु संक्रमण पुष्टि भएको थियो।...
तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, लुम्बिनी, समाचार
भाद्र ८, जयराम सापकोटा । तानसेन नगरपालिका–१ वर्याङदीस्थित श्री शिवालय मन्दिर व्यवस्थापन समितिको आयोजनामा तीज विशेष कार्यक्रम अन्तर्गत भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मन्दिर व्यवस्थापन समितिका सचिव ज्योजिलाल वस्यालको सभापतित्वमा र संघीय सांसद वीरबहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको आकर्षक प्रस्तुति रहेको थियो । पाल्पाली युवा कलाकार कमल भट्टराई, रुपेश कार्की, यशोदा कार्की, रामकृष्ण थापा लगायतले प्रस्तुति दिएका थिए भने राष्ट्रिय स्तरका चर्चित हास्यव्यंग्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्षे बा) को अभिनयले दर्शकमाझ विशेष रौनक थपेको थियो ।कार्यक्रमलाई ज्ञानेन्द्र अटो वर्कस तानसेन, एसियन थाइफुड लिमिटेड, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी लिमिटेड, पाल्पा हिल रिसोर्ट र मोबाइल घरले प्रायोजन गरेका थिए । सांस्कृतिक कार्यक्रम स्वस्थीका वस्...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 1, कर्णाली, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, लुम्बिनी, सुदूरपश्चिम
भदौ ७, आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशको तराई भू-भाग साथै बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुदाँ आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
आजको मौसम

आजको मौसम

Breaking News 1, कर्णाली, कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ ६, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी तराई भू-भागको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज