ट्रेन्डिङ

फेसबुक मोनेटाइजेसनका लागि नेपाल पनि योग्य

फेसबुक मोनेटाइजेसनका लागि नेपाल पनि योग्य

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ १८, सामाजिक सञ्जाल फेसबुकले कन्टेन्ट मोनेटाइजेसन सुविधा नेपालका प्रयोगकर्तालाई पनि उपलब्ध गराउने भएको छ। फेसबुकले एडमार्फत आम्दानी गर्न सकिने कन्टेन्ट मोनेटाइजेसनका लागि नेपाललाई योग्य देशको सूचीमा समावेश गरेको हो। यसअघि नेपाल यो सूचीमा परेका थिएन। अबदेखि नेपाली प्रयोगकर्ताले फेसबुकमा पोस्ट गरिने पब्लिक भिडिओ, रिल, फोटो, टेक्स्ट पोस्ट र स्टोरी८८मार्फत पनि आम्दानी गर्न सक्नेछन्। फेसबुकले यसअघि चलाउँदै आएको ‘परफमेन्स बोनस प्रोग्राम’ भने (अगस्ट ३१) बाट बन्द गरिएको छ। सो प्रोग्रामलाई बन्द गरी नयाँ प्रणाली ल्याइएको छ जसमा क्रिएटरहरूले सहभागी भएर आम्दानी गर्न सक्नेछन्। कम्पनीका अनुसार हालसम्म (१० लाख क्रिएटरलाई बीटा संस्करण) मा सहभागी गराइसकिएको छ भने आगामी महिनाहरूमा अझ धेरैलाई निमन्त्रणा गरिनेछ। यस सुविधामा सहभागी हुन क्रिएटरहरूले आफ्नो (प्रोफेसनल ड्यासबोर्डमा मोनेटाइजेसन ट्या...
आजको मौसम

आजको मौसम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ १७, मौसम पूर्वानुमान अनुसार आज देशभर सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा अन्य पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेको छ, जसका कारण देशभर मनसुनी प्रभाव सामान्य देखिएको छ ।  ...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 1, ट्रेन्डिङ, समाचार
भदौ १६, मौसम पूर्वानुमान अनुसार आज देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य पहाडी , तराई भू-भागका थोरै स्थानहरूमा मध्यम तथा भारी वर्षाको सम्भावना रहेको छ । अहिले मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाको तुलनामा दक्षिणतर्फ सरेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह भइरहेको छ ।  ...
आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

Breaking News 1, ट्रेन्डिङ, समाचार
भदौ १५, हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । साथै, अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
महिला सिडियो

महिला सिडियो

Breaking News 2, ट्रेन्डिङ, लुम्बिनी, समाचार
भदौ १४, पाल्पाले पहिलो पटक महिला सिडियो पाएको छ । सिडियो बिनु बज्राचार्य कुँवरले पदभार ग्रहण गर्दै सुशासन र नागरिकलाई सहज सेवा प्रवाहलाई प्राथमिकता दिने बताएकी छिन्। सामाजिक विकास मन्त्रालय बागमती प्रदेश सचिवबाट सरुवा भएर बज्राचार्य जिल्ला प्रशासन कार्यालय पाल्पाको प्रमुख जिल्ला अधिकारीको रुपमा आएकी हुन् ।  ...
आजको मौसम

आजको मौसम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ १४, मौसम पूर्वानुमान महाशाखाका अनुराार आज देशभर मौसम साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई र पहाडी भू-भागका केही स्थान, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थान तथा तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिण तथा पश्चिम आसपास छ।...
 लामिछानेले दिए उच्च अदालतमा निवेदन

 लामिछानेले दिए उच्च अदालतमा निवेदन

Breaking News 1, ट्रेन्डिङ, समाचार
भदौ ९, सहकारी ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा निवेदन दिएका छन्। जिल्ला अदालत रूपन्देहीले रिहा नगरेपछि उनले उच्च अदालतमा निवेदन दिएका हुन् । लामिछानेले आफ्नो भागको बिगो बराबर धरौटी बुझाएर रिहा गर्न माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । तर जिल्ला अदालतले उनलाई रिहा गर्न अस्वीकार गरेपछि उनी उच्च अदालत पुगेका हुन् ।  ...
सुटकेसमा शव, एक जना पक्राउ

सुटकेसमा शव, एक जना पक्राउ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
भदौ ९, रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि बस्ने २६ वर्षीया रूवीकुमारी साहको शव सुटकेसमा फेला परेको घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाको परिचय खुलाइएको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पाल्पामा २५५ जनामा डेङ्गु संक्रमण

पाल्पामा २५५ जनामा डेङ्गु संक्रमण

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
भदौ ८, पाल्पामा यस वर्ष हालसम्म २५५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। सबैभन्दा धेरै साउन र भदौ महिनामा बिरामी बढेका हुन्। संक्रमितमध्ये १८५ जना पाल्पा भित्रका रहेका छन् भने बाँकी बाहिरी जिल्लाबाट आएका हुन्। लुम्बिनी प्रदेशमै पाल्पामा सबैभन्दा धेरै डेङ्गुका बिरामी देखिएका छन्। अन्य जिल्लामध्ये रूपन्देहीमा ८६, दाङमा ६८, गुल्मीमा ५३ र बाँकेमा ३४ जनामा संक्रमण पुष्टि भएको छ। एडिस एजिप्टाइ लामखुट्टेको टोकाइबाट सर्ने यो रोग वर्षायाममा बढी फैलिने गरेको छ। ‘खोज र नष्ट गर’ अभियान सञ्चालन भए पनि संक्रमणमा कमी आउन सकेको छैन। चिकित्सकहरूले लामखुट्टेको टोकाइबाट बच्न सरसफाइमा ध्यान दिन र सचेत रहन सुझाव दिएका छन्। गत वर्ष पाल्पामा ४६४ जनामा डेङ्गु संक्रमण पुष्टि भएको थियो।...
तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, लुम्बिनी, समाचार
भाद्र ८, जयराम सापकोटा । तानसेन नगरपालिका–१ वर्याङदीस्थित श्री शिवालय मन्दिर व्यवस्थापन समितिको आयोजनामा तीज विशेष कार्यक्रम अन्तर्गत भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मन्दिर व्यवस्थापन समितिका सचिव ज्योजिलाल वस्यालको सभापतित्वमा र संघीय सांसद वीरबहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको आकर्षक प्रस्तुति रहेको थियो । पाल्पाली युवा कलाकार कमल भट्टराई, रुपेश कार्की, यशोदा कार्की, रामकृष्ण थापा लगायतले प्रस्तुति दिएका थिए भने राष्ट्रिय स्तरका चर्चित हास्यव्यंग्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्षे बा) को अभिनयले दर्शकमाझ विशेष रौनक थपेको थियो ।कार्यक्रमलाई ज्ञानेन्द्र अटो वर्कस तानसेन, एसियन थाइफुड लिमिटेड, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी लिमिटेड, पाल्पा हिल रिसोर्ट र मोबाइल घरले प्रायोजन गरेका थिए । सांस्कृतिक कार्यक्रम स्वस्थीका वस्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज