by Bihani Post
भदौ १६,
मौसम पूर्वानुमान अनुसार आज देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य पहाडी , तराई भू-भागका थोरै स्थानहरूमा मध्यम तथा भारी वर्षाको सम्भावना रहेको छ ।
अहिले मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाको तुलनामा दक्षिणतर्फ सरेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह भइरहेको छ ।