लामिछानेले दिए उच्च अदालतमा निवेदन

भदौ ९,
सहकारी ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा निवेदन दिएका छन्।

जिल्ला अदालत रूपन्देहीले रिहा नगरेपछि उनले उच्च अदालतमा निवेदन दिएका हुन् ।

लामिछानेले आफ्नो भागको बिगो बराबर धरौटी बुझाएर रिहा गर्न माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । तर जिल्ला अदालतले उनलाई रिहा गर्न अस्वीकार गरेपछि उनी उच्च अदालत पुगेका हुन् ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज