पुस १३,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच सहमति भएको छ । उनीहरुबीच आगामी निर्वाचनमा मिलेर जानेबारे सहमति भएको हो ।
सहमतिपत्रमा रास्वपा र घण्टी चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने उल्लेख छ । साथै, रास्वपा सभापति रवि लामिछाने हुने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने उल्लेख छ ।...
पुस १०,
त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा स्ववियुको आयोजनामा विभिन्न सङ्कायका प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत गरिएको छ। कार्यक्रम स्ववियु अध्यक्ष मिलन घर्तीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थले विद्यार्थीहरूलाई स्वागत गर्दै अनुशासित भई अध्ययनमा लाग्न आग्रह गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथिहरू तथा क्याम्पसका पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो।
उत्प्रेरणामूलक वक्ता रमेश अर्यालले जीवन सफलताका सूत्रहरू प्रस्तुत गर्नुभयो। विद्यार्थीहरूलाई टीका, पुष्पगुच्छा र उपहार प्रदान गर्दै शब्द, सिर्जना, सङ्गीत तथा नृत्यमार्फत स्वागत गरिएको थियो।
...
पुस ६,
जेनजी आन्दोलनलाई संस्थागत गर्ने उद्देश्य सहित ३० भन्दा बढी जेनजी समूहको संयुक्त बैठकले मिरज ढुंगानालाई आन्दोलन समिति संयोजक चयन गरेको छ। ललितपुरको झम्सिखेलमा भएको बैठकले कार्यकारी समिति विस्तारको जिम्मा मिरज ढुंगाना, अजय सोडारी र सुनिल सिंहलाई दिएको छ भने सल्लाहकार संयोजकमा हरिश भट्ट चयन भएका छन्।
वर्तमान सरकारले आन्दोलनको भावना अनुसार काम नगरेको आरोप लगाउँदै समितिले सरकार अपदस्थ गर्ने चेतावनी दिएको छ। सर्वपक्षीय सरकार, संविधान पुनर्लेखन र संशोधनको मागसहित भोलि दिउँसो १ बजे डिल्लीबजारमा पत्रकार सम्मेलन आयोजना गरिने जनाएको छ।...
पुस ४,
जिल्ला अदालत रुपन्देहीले रवि लामिछानेलाई जमानतमा रिहा गरेको छ। उनलाई ३ करोड ७४ लाख ८४ हजारको बैंक जमानत बुझाएर छुटाइएको हो। रवि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा जाने तयारीमा थिए, तर गौतमबुद्ध विमानस्थलको भिजिबिलिटी कम हुँदा उडान रोकियो। त्यसपछि उनी भरतपुर हुँदै रुपन्देही पुगे।
उच्च अदालत बुटवलको न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलले सुप्रिम सहकारी ठगी मुद्दामा उनलाई थुनामुक्त गर्ने आदेश दिएका थिए। रविको पक्षमा उनका समर्थकहरूले देशभर प्रदर्शन समेत गरेका छन्।...
१९ मंसिर २०८२, बिहीबार१९ मंसिर २०८२, बिहीबार१९ मंसिर २०८२, बिहीबार by Bihani PostNo Comments
मंसिर १८, नेकपा एमालेको आगामी महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ ।
यसअघि चितवनमा भएको दशौँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिनकै प्रयोग भएको थियो ।
विद्युतीय भोटिङ मेसिन प्रयोगका लागि टेन्डर आह्वान भइसकेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । महाधिवेशनबाट १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन हुनेछ ।...
१६ मंसिर २०८२, सोमबार१६ मंसिर २०८२, सोमबार१६ मंसिर २०८२, सोमबार by Bihani PostNo Comments
मंसिर १५ ,
गलकोट नगरपालिका बागलुङ को चालु आर्थिक वर्ष २०८२र८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई आइतबार सम्पन्न भएको छ । नगरपालिका र वडा नं. ४ को संयुक्त आयोजनामा तथा सामुदायिक रेडियो गलकोटको सहजिकरणमा भएको कार्यक्रममा १२ जना सहभागिहरूले सेवा शुल्क, भैँसी पकेटमा विभेद, मध्यपहाडी लोकमार्गमा फालिएको माटो, किवी-ओखरको बजार अभाव, विद्यालयमा विद्यार्थी कमी, कर संकलन, सुशासन, रोजगारी सिर्जना लगायत विषयमा प्रश्न–सुझाव राखे।
नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख फमलाल निउरे सहित सम्बन्धित अधिकृतहरूले उठेका प्रश्नहरूको जवाफ दिए। प्रमुख प्रशासकीय अधिकृत डम्मर बहादुर खत्रीले चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रम वडा अध्यक्ष बल बहादुर खत्रीको अध्यक्षता तथा सामुदायिक रेडियो गलकोटका स्टेसन प्रमुख शर्मिला रोका मगरको सञ्चालनमा भएको थियो ।...
२१ कार्तिक २०८२, बिहीबार२१ कार्तिक २०८२, बिहीबार२१ कार्तिक २०८२, बिहीबार by Bihani PostNo Comments
कार्तिक २०, अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने घटना बढेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। सस्तो दरमा सामान देखाएर अग्रिम रकम माग्ने, वा व्हाट्सएपमा स्क्रिन सेयर गराई ओटीपी लिई खाता ह्याक गर्ने जस्ता घटना बढिरहेका छन्।
नेपाल प्रहरीले कसैलाई पनि स्क्रिन सेयर नगर्न, ओटीपी नदिन र ठगीबाट बच्न सतर्क रहन अनुरोध गरेको छ।...
२१ कार्तिक २०८२, बिहीबार२१ कार्तिक २०८२, बिहीबार२१ कार्तिक २०८२, बिहीबार by Bihani PostNo Comments
कार्तिक २०, लायन्स डिष्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठक कात्तिक २१ र २२ गते पाल्पाको तानसेनमा हुने भएको छ। करिब ८ सयभन्दा बढी लायन्स सदस्य सहभागी हुने उक्त कार्यक्रममा गत कार्यकालको समीक्षा, आगामी योजना, सम्मान र छात्रवृत्ति वितरणजस्ता कार्यक्रम रहनेछन्।
‘जाऔं पाल्पा’ अभियानमार्फत स्थानीय पर्यटन र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको बैठकको प्रमुख अतिथि लायन इ. सञ्जय खेतान र अध्यक्ष लायन बालाराम भट्टराई रहनेछन्। कार्यक्रम सम्पन्न गर्न करिब १६ लाख रुपैयाँ खर्च हुने अनुमान छ।...
१८ कार्तिक २०८२, सोमबार१८ कार्तिक २०८२, सोमबार१८ कार्तिक २०८२, सोमबार by Bihani PostNo Comments
कार्तिक १७, हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा छिटपुट (हल्का) वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू-भागमा आशिंक बदली रहनेछ । कोशी, गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
हिजोको तुलनामा आज मौसम धेरै सफा छ । तर भोली बाट पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
...