Breaking News 1

फेरि बड्यो सार्वजनिक यातायातको भाडा

फेरि बड्यो सार्वजनिक यातायातको भाडा

Breaking News 1, समाचार
बैशाख १६, सरकारले फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा समायोजन गरिएको जानकारी दिएको हो । यही १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति लिएर यात्रुवाहक तथा मालवाहक सवारी साधनमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको विभागको सूचनामा उल्लेख छ । डिजेलको मूल्यवृद्धिका कारण भाडादर समायोजन गरिएको विभागले जनाएको छ । बढेको भाडा विद्युतीय सवारीमा भने लागू हुने छैन ।...
आज यी प्रदेशमा वर्षा र चट्याङको सम्भावना

आज यी प्रदेशमा वर्षा र चट्याङको सम्भावना

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
वैशाख १३, हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा बादल लागेको छ भने सुदूरपश्चिमको तराईमा मौसम प्रायः सफा रहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनीको तराईमा पनि एक-दुई स्थानमा वर्षा हुन सक्छ । राति पनि देशका अधिकांश पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
आमाको मुख हेर्ने पर्व देशभर श्रद्धापूर्वक मनाइँदै

आमाको मुख हेर्ने पर्व देशभर श्रद्धापूर्वक मनाइँदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
बैशाख ०४, आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर आमाको मुख हेर्ने पर्व श्रद्धा र भक्तिसाथ मनाइँदैछ । यस दिन छोराछोरीले आफ्नी आमालाई सम्मान गर्दै मीठा खानेकुरा खुवाउने, राम्रो लुगा लगाइदिने र आशीर्वाद लिने परम्परा छ । आमा नभएकाहरूले भने तर्पण, पिण्डदान र सिदादान गरी दिवङ्गत आमाको सम्झना गर्ने चलन रहेको छ । वैदिक शास्त्रअनुसार आमा पिताभन्दा पनि महान् मानिन्छिन् र “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” भन्ने उक्तिले आमा र जन्मभूमिको उच्च महत्व दर्शाउँछ ।  ...
बुटवलमा फुटपाथ अतिक्रमण हटाउन अभियान

बुटवलमा फुटपाथ अतिक्रमण हटाउन अभियान

Breaking News 1, ट्रेन्डिङ, लुम्बिनी, समाचार
बैशाख ०२, बजार क्षेत्रमा बढ्दो अव्यवस्थित व्यापारका कारण पैदल यात्रु प्रभावित भएपछि बुटवल उपमहानगरपालिकाले फुटपाथ खाली गराउने अभियान थालेको छ । पूर्वसूचना दिँदा पनि अटेर भएपछि बुधबार डोजर प्रयोग गरी ठेला तथा सडक छेउका सामग्री हटाइएको हो । पहिलो चरणमा फुटपाथ व्यापार हटाइने र दोस्रो चरणमा सडकमा छाडा छोडिएका गाई-बस्तुको व्यवस्थापन गरिने छ । यस अभियानले शहरलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।...
रविको मुद्दा संशोधन विरूद्वको रिट आज पनि हेर्दाहेर्दैमा

रविको मुद्दा संशोधन विरूद्वको रिट आज पनि हेर्दाहेर्दैमा

Breaking News 1
चैत ३ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा रहेको छ । सर्वोच्च अदालतमा तेस्रो दिनसम्म सुनुवाइ भए पनि निर्णय नआएपछि मुद्दा फेरि ‘हेर्दाहेर्दै’मा राखिएको हो । अब यो विषयमा आगामी बिहीबार पुनः सुनुवाइ हुने तय भएको छ । निवेदकहरूले मुद्दा संशोधन गर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्यान्वयन रोक्न माग गरेका छन् ।...
अब आधा ग्यास सिलिन्डर पाइने

अब आधा ग्यास सिलिन्डर पाइने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, लुम्बिनी, समाचार
फागुन २९, नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न सिलिन्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ । निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हालको परिस्थितिलाई ध्यानमा राख्दै आजदेखि अर्को निर्णय नभएसम्म प्रत्येक ग्यास सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरेर बिक्री गरिनेछ । यसरी आधा भरिएको सिलिन्डरको मूल्य ९५५ रुपैयाँ तोकिएको छ । मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा असर परेको निगमले जनाएको छ ।...
समानुपातिकतर्फ १ करोड ७ लाख मतगणना

समानुपातिकतर्फ १ करोड ७ लाख मतगणना

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
फागुन २७, समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड सात लाख २० हजार ५६७ मतगणना भएको छ । जसमा, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ । मतगणना जारी छ । प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ ।
राजीनामा दिने मनस्थितिमा गगन थापा

राजीनामा दिने मनस्थितिमा गगन थापा

Breaking News 1, समाचार
फागुन २६, नेपाली काँग्रेसका सभापति गगन थापा राजीनामा दिने मनस्थितिमा पुगेका छन् । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको कमजोर परिणामपछि राजीनामा दिने मनस्थितिमा उनी पुगेका हुन् । थापाले आज राजीनामा दिनेबारे उपसभापति विश्वप्रकाश शर्मासँग छलफल गरेका छन् । तर उपसभापति शर्माले भने चुनावी हारको जिम्मा कुनै एक व्यक्तिमाथि मात्र नथोपर्नुपर्ने र अहिले सभापतिले राजीनामा दिँदा पार्टी झनै अप्ठ्यारो अवस्थामा पर्न सक्ने भन्दै उनलाई यस्तो निर्णय नगर्न सुझाव दिएका छन् ।...
युवालाई स्वदेशमै स्वरोजगार बनाउन पहल गर्छु : उम्मेदवार गैरे

युवालाई स्वदेशमै स्वरोजगार बनाउन पहल गर्छु : उम्मेदवार गैरे

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
फागुन १८, नेकपा एमालेबाट पाल्पा क्षेत्र नं. २ का उम्मेदवार ठाकुर प्रसाद गैरेले युवाहरूलाई स्वदेशमै बस्ने र स्वरोजगार बन्ने वातावरण निर्माणका लागि आफूले नीतिगत तहमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभएको छ । चुनावी अभियानलाई तीव्र पार्दै तानसेन–१४ को अर्गली र तानसेनका विभिन्न वडामा  पुग्नुभएका उहाँले बढ्दो युवा पलायन र बसाइँसराईँ आजको मुख्य चुनौती रहेको बताउँदै त्यसको समाधानका लागि कृषिमा आधुनिकीकरण र पूर्वाधार विकासमा जोड दिने बताउनु भएको हो । मतदातको घरदैलोमा पुगेर उम्मेदवार गैरेले संविधान रक्षाका लागि एमालेको सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रहसमेत गर्नुभएको छ । उहाँले एमाले केवल सरकार बनाउने वा पद हासिल गर्ने उद्देश्यका लागि नभई मुलुकको जटिल अवस्थाबाट निकास दिन निर्वाचनमा होमिएको बताउनुभयो । यो निर्वाचन सामान्य प्रतिस्पर्धा नभएर देशको भविष्य र राष्ट्रिय हितसँग जोडिएको ऐतिहासिक अवसर रहे...
जनताको नेता : नारायण प्रसाद आचार्य

जनताको नेता : नारायण प्रसाद आचार्य

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
फागुन १८, २०७९ सालको निर्वाचनताका निस्दी गाउँपालिका विद्युतविहीन रहेको विषयले व्यापक चर्चा पाएको थियो । तर जनताको अटल विश्वास र बलियो जनमतका आधारमा निर्वाचित प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यको पहलपछि निस्दी मात्र होइन, समग्र पाल्पा जिल्लालाई पूर्ण विद्युतीकरणतर्फ उन्मुख गराउने कामले गति लिएको छ । अँध्यारो गाउँ–बस्ती उज्यालो बनाउने प्रतिबद्धता व्यवहारमा रूपान्तरण भएको दाबी उहाँले गर्नुभएको छ । चुनावी प्रचारप्रसार अभियानमा जनताको घरदैलोमा पुग्नुभएका आचार्यले रामपुर–मित्याल–आरुणखोला सडकमा पछिल्ला ती आर्थिक वर्षमा आर्थिक वर्षमा निरन्तर संघीय बजेट विनियोजन भई निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताउनुभयो । विभिन्न खण्डमा स्तरोन्नति, आवश्यक पुल निर्माण तथा संरचनागत सुधारमा आफ्नो सक्रियता निरन्तर रहेको दावी उहाँको छ । त्यस्तैगरी आर्यभञ्ज्याङ-रामपुर सडकका लागि संघ र प्रदेश दुवै सरकार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज