मंसिर १५ ,
गलकोट नगरपालिका बागलुङ को चालु आर्थिक वर्ष २०८२र८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई आइतबार सम्पन्न भएको छ । नगरपालिका र वडा नं. ४ को संयुक्त आयोजनामा तथा सामुदायिक रेडियो गलकोटको सहजिकरणमा भएको कार्यक्रममा १२ जना सहभागिहरूले सेवा शुल्क, भैँसी पकेटमा विभेद, मध्यपहाडी लोकमार्गमा फालिएको माटो, किवी-ओखरको बजार अभाव, विद्यालयमा विद्यार्थी कमी, कर संकलन, सुशासन, रोजगारी सिर्जना लगायत विषयमा प्रश्न–सुझाव राखे।
नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख फमलाल निउरे सहित सम्बन्धित अधिकृतहरूले उठेका प्रश्नहरूको जवाफ दिए। प्रमुख प्रशासकीय अधिकृत डम्मर बहादुर खत्रीले चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रम वडा अध्यक्ष बल बहादुर खत्रीको अध्यक्षता तथा सामुदायिक रेडियो गलकोटका स्टेसन प्रमुख शर्मिला रोका मगरको सञ्चालनमा भएको थियो ।