कार्तिक १७, हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा छिटपुट (हल्का) वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू-भागमा आशिंक बदली रहनेछ । कोशी, गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
हिजोको तुलनामा आज मौसम धेरै सफा छ । तर भोली बाट पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।